इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
बिहीबार, ०५ असार २०८२, २२ : ४१

समाचार सारांश
- इजरायल र इरानबीचको युद्धमा दुवै पक्षले ठूलो जनधनको क्षति व्यहोरेका छन्।
- इजरायली आक्रमणबाट २४ जनाको मृत्यु र ५९२ जना घाइते भएका छन्, भने इरानी आक्रमणबाट २७१ जना घाइते भए।
- इरानी आक्रमणमा २२४ जनाको मृत्यु र १ हजारभन्दा बढी घाइते भएका छन्। अहिलेसम्म इरानमा ९६३९ जनाको मृत्यु भइसकेको छ।
काठमाडौँ। इजरायल र इरानबिच जारी युद्धमा दुवै पक्षले ठुलो जनधनको क्षति व्यहोर्नु परेको छ।
इजरायली प्रधानमन्त्री कार्यालयका अनुसार, इरानी क्षेप्यास्त्र आक्रमणबाट अहिलेसम्म कम्तीमा २४ जनाको ज्यान गएको छ र ५९२ जना घाइते भएका छन्।
इजरायली स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार बिहान मात्रै इरानी आक्रमणमा २ सय ७१ जना घाइते भएका छन्, जसमा ७१ जना सोरोका अस्पतालमा भएको हमलामा घाइते भएका हुन्।
उता, इरानी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणमा कम्तीमा २ सय २४ जनाको मृत्यु भएको छ र १ हजार दुई भन्दा बढी घाइते भएका छन्।
अमेरिकास्थित मानव अधिकार संस्था ९ह्यूमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सी० का अनुसार, गत शुक्रबारबाट सुरु भएको भिडन्तमा अहिलेसम्म इरानमा ९६३९ जनाको मृत्यु० भइसकेको खबर बीबीसी हिन्दीले प्रकाशन गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो
-
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
-
खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा
-
आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै