चलचित्र ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

काठमाडौँ । सिमा गुरुङ निर्देशित चलचित्र ‘रङ डेस्टिनेशन २’को पहिलो गीत ‘ब्रेक डान्स’ सार्वजनिक भएको छ । गायिका समिक्षा अधिकारी र गायक ओम सुनारको स्वर रहेको रोमान्टिक गीतमा सङ्गीत पनि गायक सुनारकै छ । गीतमा शब्द मुना शाहको रहेको छ ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आयशा तामाङ र किरण श्रेष्ठ देखिएका छन् । कल्चरल ड्रेस र कोरस समेत प्रयोग गरिएको गीतको भिडियोमा कोरियोग्राफी रोशनी थापा मगरले गरेकी हुन् ।
फुलमुन मोसन फिक्चर्स प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र हरर र थ्रिलर कथामा निर्माण भएको हो । किरण श्रेष्ठ, आयशा तामाङ, कालु राणा, आकी थेक्पा, सुगन तन्दुकर, उज्वल, सञ्जय थापा, सकल रेग्मीलगायतका कलाकारहरू चलचित्रमा छन् ।
चलचित्र कार्यकारी निर्माता सुगन तन्दुकर हुन् भने निर्माता समाइरा तन्दुकार र शर्मिला लामा रहेका छन् । चलचित्रको प्रदर्शन मिति भने तय गर्न बाँकी रहेको छ । चलचित्रममा सञ्जय थापाको द्धन्द्ध, रणधीर श्रेष्ठको छायाङ्कन र बनिश शाहको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेल अवीवस्थित नर्वेको राजदूत निवासमा विस्फोट
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा