सेयर बजारमा २४ अंकको गिरावट, ११ अर्ब माथिको कारोबार

समाचार सारांश
- बिहीबारको कारोबारमा सेयर बजार परिसूचक नेप्से २४.७६ अंकले घटेर २६२८.९१ बिन्दुमा झर्यो।
- आज ११ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो, जसमा ४७ कम्पनीको सेयर मूल्य बढ्यो भने २०१ को घट्यो।
- ङादी ग्रुप पावर कारोबार रकमका आधारमा शीर्ष स्थानमा रह्यो, भने पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाए।
काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) आज २४.७६ अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ०.९३ प्रतिशतले घटेर २६२८.९१ को बिन्दुमा झरेको हो । परिसूचक घटे पनि आज कारोबार रकममा भने उत्साह देखियो । आज ११ अर्ब २३ करोड १४ लाख रुपैयाँ बराबरका २ करोड ९४ लाख कित्ता सेयर किनबेच भएको देखिन्छ ।
आज २४८ कम्पनीका रोहबरमा कुल ३१४ स्क्रिपको काराेबार भएको थियो । त्यसमध्ये २०१ कम्पनीको सेयर मूल्य घट्यो भने जम्मा ४७ वटाको मात्र बढ्यो ।
कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो। कम्पनीको ८५ करोड ४४ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। त्यसपछि क्रमशः बुटवल पावर कम्पनीको ५८ करोड ९ लाख र शिवश्री हाइड्रोपावरको ४७ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
समग्र बजार ओरालो लागे पनि केही कम्पनीका लगानीकर्ताले भने राम्रो कमाएका छन्। आज सबैभन्दा बढी कमाउनेमा पञ्चकन्या माई हाइड्रोपावरले ९.९८ प्रतिशत कमाएको छ ।
यस्तै, मध्य भोटेकोशीको मूल्य ५.५५ प्रतिशतले बढेको छ । पियोर इनर्जी र रसुवागढी हाइड्रोपावरको मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबारपछि सेयर बजारको कुल बजार पुँजीकरण ४३ खर्ब ७९ अर्ब रुपैयाँ कायम भएको छ। बजारमा आज सबै समूहका परिसूचक घटेका छन् । सबैभन्दा धेरै ट्रेडिङ समूहमा २.४७ प्रतिशतले गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेल अवीवस्थित नर्वेको राजदूत निवासमा विस्फोट
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने
-
शिला राईको ‘उहिलेको माया’ सार्वजनिक
-
अमेरिकाले धेरै सहयोग गर्दैछः इजरायली प्रधानमन्त्री नेतन्याहु
-
हामी इरानको पक्षमा छौंः हिजबुल्लाह
-
विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा