अनेसास पोर्चुगलको अध्यक्षमा अन्जान
सारांश
- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगल च्याप्टरको अध्यक्षमा एन बी अन्जान निर्विरोध निर्वाचित।
- अधिवेशनले ९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्यो, जसमा विभिन्न पदमा पदाधिकारीहरू रहेका छन्।
- केन्द्रीय महासचिव राजु सिटौलाको उपस्थितिमा अधिवेशन सम्पन्न भयो, जसमा निर्वाचन समिति पनि गठन गरिएको थियो।
काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगल च्याप्टरको अध्यक्षमा एन बी अन्जान निर्विरोध चुनिएका छन् । समाजको बिहीबार सम्पन्न अधिवेशनले ९ सदस्यीय नयाँ कार्यसमिति पनि बनाएको छ ।
जसमा सागर शाह वरिष्ठ उपाध्यक्ष, उर्मिला कार्की उपाध्यक्ष, मणिराज गौतम महासचिव, ऋतुशला लामा सचिव, मुना न्यौपाने कोषाध्यक्ष, सजु पौडेल बराल सदस्य, सुजन पण्डित सदस्य र प्रेम कोइराला सदस्य रहेका छन् ।
अनेसास केन्द्रीय महासचिव राजु सिटौलाको विशेष आतिथ्ययतामा सम्पन्न अधिवेशनका लागि तीन सदस्यीय निर्वाचन समिति रहेको थियो । जसमा निवर्तमान केन्द्रीय सदस्य यादव देवकोटा संयोजक, पोर्चुगल सल्लाहकार अर्जुन श्री सदस्य र नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका महासचिव प्रेम लिम्बू सदस्य रहेका थिए ।
अधिवेशन लगतै बसेको कार्यसमिति बैठकले समाजका लागि ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा रबिन अधिकारी, यादव देवकोटा, सबी श्रेष्ठ, अर्जुन श्री र आरपी पन्त रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण