द्वन्द्वग्रस्त देशबाट नेपालीको उद्धार गर्न सरकार तयारी अवस्थामा छ : श्रममन्त्री भण्डारी
सारांश
- श्रममन्त्री शरतसिंह भण्डारीले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको उद्धारका लागि तयारी अवस्थामा रहेको बताए।
- मन्त्री भण्डारीले नेपाली श्रमिकको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए।
- उनले जेनेभामा भएको श्रम सम्मेलन र वैदेशिक रोजगारमा श्रमिकको हकको विषयमा जोड दिए।
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले द्वन्द्वग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको उद्धारको लागि तयारी अवस्थामा रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित श्रम प्रवासन, लैङ्गिक समानता र जलवायु परिवर्तनको सन्दर्भमा व्यापार तथा मानवअधिकारसम्बन्धी बहुपक्षीय सरोकारवाला नीति संवाद कार्यक्रमलाई बोल्दै मन्त्री भण्डारीले नेपालीहरूको उद्धार गर्नुपर्ने अवस्था आएको खण्डमा तत्काल उद्धार गर्न सकिने गरी संयन्त्रको विकास गरिएको बताएका हुन् ।
‘धेरै नेपालीहरू बम बङ्करमा रात बिताइरहेका छन् । यदि स्थिति थप जटिल भयो भने उद्धारका लागि सरकार तयार छ,’ उनले भने । नेपाली श्रमिकको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए ।
उनले हालै जेनेभामा सम्पन्न ११३ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपालले श्रम तथा आप्रवासन क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय निकायहरूसँग भएको छलफल सकारात्मक रहेको बताए । व्यापार, आप्रवासन र मानव अधिकारबीचको अन्तरसम्बन्धलाई विशेष रूपमा जोड दिएको बताए ।
जिम्मेवार व्यापार अभ्याससँगै श्रमिकको मानवअधिकारको रक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको बताए । उनले नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति लिइएको जिकिर गरे । वैदेशिक रोजगारी केवल आम्दानीको स्रोत मात्र नभई श्रमिकको गरिमा र अधिकारको विषय भएको बताए ।
नेपाली श्रमिकहरूले श्रम गन्तव्य मुलुकको विकासमा उल्लेखनीय योगदान दिइरहेको बताउँदै ती मुलुकहरूले सुरक्षित, व्यवस्थित र नियमित आप्रवासन सुनिश्चित गर्न ग्लोबल कम्प्याक्टको मर्म अनुसार व्यवहार गर्नुपर्ने बताए ।
उनले हाल विभिन्न मुलुकहरूमा अवैध रूपमा रहेका नेपालीहरूलाई वैध बनाउने पहल भइरहेको बताए । यसका लागि विशेष गरेर महिला श्रमिकहरूको सुरक्षालाई प्राथमिकता दिइएको मन्त्री भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण