डोटी जिप दुर्घटना अपडेट : चालकसहित ३ जनाको मृत्यु
शुक्रबार, ०६ असार २०८२, १७ : ०४
सारांश
- डोटीमा जिप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ।
- आदर्श गाउँपालिका-१ दोबाजमा भएको दुर्घटनामा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भयो।
- दुर्घटनामा घाइते भएका २ जनाको सिलगढी अस्पतालमा उपचार भइरहेको छ भने अन्य सामान्य घाइते छन्।
धनगढी । डोटी जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ । दुर्घटनामा चालकसहित तीन जनाको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो तीन बजेतिर आदर्श गाउँपालिका–१ दोबाजमा सुप्रप ०१००१ ज १३९५ जिप दुर्घटनामा परेको थियो। भर्खरै कालोपत्रे भएको सो सडकमा जिप दुर्घटनामा परेर आदर्श गाउँपालिका–७ का जिप चालक समेत रहेका सुरेशबहादुर कार्की, सायल गाउँपालिका –६ का काली कटुवाल र सायल गाउँपालिका –५ की हरुदेवी विकको मृत्यु भएको आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्काले जानकारी दिए।
उनका अनुसार घाइते हरुदेवीको डोटीको सिलगढी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइते २ जनाको सिलगढीमा उपचार भइरहेको छ। जिपमा ८ जना सवार थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
-
४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा
-
बेल्जियमविरुद्ध इजिप्टको सुरुवाती अग्रता
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण