रास्वपा स्थापनाको मूल उद्देश्य मुलुकको नीति परिवर्तनका लागि हो : महामन्त्री बुर्लाकोटी
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले रास्वपा स्थापनाको मुख्य उद्देश्य देशको नीति परिवर्तन भएको बताए।
- भिजिट भिसा प्रकरणमा ४ अर्बभन्दा बढीको भ्रष्टाचार भएको भन्दै छानबिनको माग गरे, र लुटतन्त्रको अन्त्य गर्ने उद्घोष गरे।
- पार्टी स्थापना दिवसमा बुर्लाकोटीले रवि लामिछानेलाई झुटा मुद्दा लगाएको आरोप लगाउँदै २०८४ पछि लुटतन्त्र खारेज गर्ने प्रतिबद्धता जनाए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले रास्वपा स्थापनाको मुख्य उद्देश्य देशको नीति परिवर्तनका लागि भएको बताएका छन् । पार्टी स्थापना दिवसका अवसरमा माईतीघर मण्डलामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री बुर्लाकोटीले यस्तो बताएका हुन् ।
उनले भिजिट भिसा प्रकरणमा पछिल्लो समयमा मात्रै चार अर्बभन्दा बढी रकम भ्रष्टाचार भएकोले मुख नखोल्नेहरुको छानविन गरौं भनेर सदनमा आवाज उठाएको स्पष्ट पारे । बन्द कोठाभित्र निजी मन्थन नगरौं भनेर नै सडकमा ऐक्यवद्धता गर्न र लुटतन्त्रविरुद्ध खबरदारी गर्दै सडकदेखि सदनसम्म आवाज उठाउनकै लागि पार्टी स्थापनाका दिन पारेर सबैलाई सडकमा आउन आह्वान गरेको उनको भनाई थियो । महामन्त्री बुर्लाकोटीले एउटा रवि लामिछानेले सिध्याउने भयका कारण झुटो मुद्दा लगाएको आरोप लगाउँदै २०८४ पछि लुटतन्त्र खारेज र सुसंस्कृत राजनीतिको सम्बर्द्धन गर्ने उद्घोष गरे ।
उनले भने, ‘यो पार्टीको मुख्य उद्देश्य यो देशको नीति परिवर्तनका खातिर एउटा राष्ट्रिय नीति सम्मेलन गरौं भन्ने थियो । तर आज देशको राजनीतिमा जे भइरहेको छ, देशमा जुन हिसावको लुटतन्त्र भइरहेको छ । भिजिट भिषा काण्डमा पछिल्लो एउटा समयमा मात्रै चार अर्ब बढी रकम भ्रष्टाचार भएको छ । त्यसैले मुख नखोल्नेहरुको छानविन गरौँ भनेर सदनमा हामीले जुन किसिमको आवाज बुलन्द गरेका छौँ, जुन हिसावको अडान लिएका छौँ त्यो अडान त्यस्तो अवस्थामा बन्द कोठाभित्र निजी मन्थन नगरौँ, साथीहरुलाई सडकमै ऐक्यवद्धता गरौं र अहिलेको लुटतन्त्रविरुद्ध खबरदारी गर्दै सडकदेखि सदनसम्म लैजाउ भनेर आज सबैलाई सडकमा आउन आह्वान गरेका छौँ ।’
उनले थप भने, ‘एउटा रवि लामिछानेसँग तर्सिएर झुठा मुद्दा लगाई लगाई एउटा अदालत हैन पाँच पाँच वटा अदालत र त्यसपछि सरकार नै लागेर लुटतन्त्र नै गरि अब हामीलाई रवि लामिछानेले ठेगान लगाउने भए र यो देशको लुटतन्त्र र भ्रष्टाचार खारेज गर्ने भए भनेर जसरी उनीहरुलाई डर भएको छ त्यो डर मान्नुपर्दैन ढुक्क भए हुन्छ २०८४ पछाडि लुटतन्त्र खारेज गर्छौं र सुसंस्कृत राजनीतिलाई सम्बद्र्धन गर्छौं । एउटा अपवाद स्वरुप पार्टीको स्थापना दिवसमा स्वस्फूर्त रुपमा लुटतन्त्रको खारेजीको नारालाई सडकसम्म ल्याउने निर्णय गरेका छौँ ।’
उनले पार्टी स्थापना दिवसको अवसरमा स्वस्फ्रर्त रुपमा लुटतन्त्र खारेजीको नारालाई सडकमै ल्याउने निर्णय गरेको जानकारी पनि दिए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण