कालीगण्डकी ‘करिडोर’ अवरुद्ध, पहिरो रोकिएन
सारांश
- गुल्मीमा कालीगण्डकी करिडोर पहिरोका कारण शुक्रबारदेखि अवरुद्ध रहेको छ। हर्मीचौर-अर्बेनीमा सुक्खा पहिरो निरन्तर खसेकाले सडक पूर्ण रूपमा बन्द छ।
- प्रहरीका अनुसार, सडक माथिबाट पहिरो खसिरहेकाले तत्काल सञ्चालन हुने सम्भावना छैन र वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
- रिडी-बामीटक्सार सडकखण्ड भने एकतर्फी सञ्चालनमा आएको छ। चन्द्रकोट-७ स्थित सिस्ने भीरको पहिरो हटाएपछि आंशिक रूपमा खुलेको हो।
गुल्मी । शुक्रबारदेखि अवरुद्ध कालीगण्डकी करिडोर निरन्तरको पहिराका कारण आज पनि बन्द नै रह्यो । कालीगण्डकी गाउँपालिका –१ अन्तरगत हर्मीचौर–अर्बेनीमा निरन्तर सुक्खा पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।
पहिरो रोकिएकाले सडक सञ्चालन गर्न समस्या परेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गङ्गाबहादुर सारुले बताए । ‘सडक माथिबाट लगातार सुक्खा पहिरो झरिरहेको छ, हामीले यात्रुहरुलाई वैैकल्पीक सडक प्रयोग गर्न आग्रह गरेका छौँ,’ प्रहरी नायव उपरिक्षक सारुले भने । उनले तत्कालै उक्त सडक सञ्चालन हुनसक्ने अवस्था नरहेको बताए ।
पहिरोले अवरुद्ध रिडी–बामीटक्सार सडकखण्ड भने एकतर्फी रुपमा मात्र सञ्चालनमा आएको छ । उक्त सडकखण्ड अन्तरगत चन्द्रकोट गाउँपालिका –७ स्थीत सिस्ने भीरमा सडक माथिबाट खसेको पहिरोको केही भाग हटाएपछि सडक आंशिक रुपमा सञ्चालन गएिको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण