टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
शनिबार, ०७ असार २०८२, १९ : ४९
सारांश
- रुपन्देहीको मायादेवी गाउँपालिकामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा एक जना घाइते भएका छन् भने प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ।
- मृत्यु हुनेमा सम्मरीमाई र कोटहीमाई गाउँपालिकाका युवकहरू रहेका छन्।
बुटवल। रुपन्देहीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्लाको बनगाइ–मर्चवार सडक खण्डको मायादेवी गाउँपालिका ७ गरगट्टिमा लु २ ख २४७४ नम्बरको टिप परले विपरीत दिशातर्फबाट आउँदै गरेको लु ४० प २३७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
घटनामा मोटरसाइकलमा सवार सम्मरीमाई गाउँपालिका ५ बस्ने २० वर्षीय समीर खान र कोटहीमाई गाउँपालिका ७ बस्ने १८ वर्षीय शिवनाथ ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही मोटरसाइकलमा सवार मर्चवार गाउँपालिका ५ बस्ने १७ वर्षीय अमित यादव सामान्य घाइते भएका छन् । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण