कवि तथा गीतकार युवराज अधिकारीको कविता संग्रह 'युद्ध, युद्ध नै हुन्छ' को लोकार्पण
सारांश
- कवि तथा गीतकार युवराज अधिकारीको कविता संग्रह 'युद्ध, युद्ध नै हुन्छ' सार्वजनिक भयो।
- कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे प्रमुख अतिथि थिए, र उनले कविताको प्रशंसा गरे।
- कार्यक्रममा विजय लामा, निखिल उप्रेती, प्रकाश साय्मि लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
काठमाडौँ । कवि, गीतकार तथा नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीको कविता संग्रह 'युद्ध, युद्ध नै हुन्छ' को एक भव्य समारोहबिच राजधानीमा लोकार्पण गरिएको छ ।
एपेक नेपालका अध्यक्ष विश्व बिमोहन श्रेष्ठले सभापतित्व गरेको उक्त विमोचन कार्यक्रमको प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे रहेका थिए ।
उक्त लोकार्पण कार्यक्रममा विशिष्ट अतिथिका रुपमा कवि तुलसी दिवसले कवि अधिकारीको कविता संग्रहमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । कलाकार तथा वरिष्ठ क्याप्टेन विजय लामाद्वारा कवि अधिकारीको कविता संग्रह 'युद्ध, युद्ध नै हुन्छ' को शीर्ष कविता वाचन गरेका थिए भने उनैको आवाजमा स्वरांकन गरिएका अधिकारीका कविताहरू समेत प्रस्तुत गरिएको थियो ।
विचोचित कविता कृति 'युद्ध, युद्ध नै हुन्छ' माथि टिप्पणी गर्दै प्रमुख अतिथि एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डेले कवि युबराज अधिकारीको शीर्ष कविताले ‘समकालीन विश्वको समसामयिक आवाज बोकेको र युद्ध कुनै पनि हिसाबले स्वीकार्न नसकिने’ टिप्पणी गरेका थिए ।
अभिनेता निखिल उप्रतीले पनि कवि अधिकारीको ‘जिन्दगी यस्तै त हो कान्छा’ शीर्षकको कविता पाठ गरेका थिए ।
फिल्म निर्देशक तथा लेखक प्रकाश सायमिले कवि अधिकारीको समग्र कविता यात्रामाथि प्रकाश पारेका थिए भने कवि अधिकारी स्वयंले आफ्नो संक्षिप्त मन्तव्य राख्दै ‘कविताले आफ्नो माटोको सुगन्ध बोक्न सक्नुपर्ने’ टिप्पणी गरेका थिए ।
अधिकारीले आफ्ना केही कविता समेत वाचन गरेका थिए । सांसद अमरेश कुमार सिंह, महेश बस्नेत लगायतको उपस्थिति रहेको उक्त विमोचन कार्यक्रमको मुख्य आकर्षणको रुपमा कलाकार विरेन्द्र हमालद्वारा निर्देशन गरिएको कवि अधिकारीको कविता ‘जिन्दावाद र मुर्दावादको शहरमा कोही आउने छ’ को मञ्चन रहेको थियो ।
कवि अधिकारीको कविता संग्रह 'युद्ध, युद्ध नै हुन्छ'लाई इन्डिगो इन्क प्रालिले प्रकाशन तथा बजार व्यवस्थापन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण