गीतकार डा.रिजाललाई ‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कार’
सारांश
- गीतकार, कलाकार तथा फिल्म निर्माता डा. भोला रिजाल 'लाल-समुन्द्रा राष्ट्रिय बहु प्रतिभा पुरस्कार' बाट सम्मानित।
- नेपाल संगीतक संघले विश्व संगीत दिवसको अवसर पारेर काठमाडौंमा कार्यक्रम गर्दै पुरस्कार प्रदान गर्यो, जसमा नगद २५ हजार थियो।
- विकास घले गुरुङले आफ्ना बाबु-आमाको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन्, जुन यसअघि विभिन्न व्यक्तित्वहरूले प्राप्त गरिसकेका छन्।
काठमाडौँ । गीतकार, कलाकार तथा फिल्म निर्माता डा.भोला रिजाल ‘लाल–समुन्द्रा राष्ट्रिय बहु प्रतिभा पुरस्कार’ बाट सम्मनित भएका छन् । विश्व सङ्गीत दिवसको अवसर पारेर शनिबार नेपाल संगीतक सङ्घले काठमाडाँैमा एक कार्यक्रम गर्दै पुरस्कार प्रदान गरेको हो ।
पुरस्कारमा नगद २५००० हजार समेत रहेको छ । डा.रिजाल चिकित्सा क्षेत्रका चर्चित गाईनोलजिस्ट पनि हुन् । रिजालको नेपाली कला र चिकित्सा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा शिव शङ्कर मानन्धरलाई राष्ट्रिय साङ्गीतिक सम्मान तथा पुरस्कार, रत्न शमशेर थापा राष्ट्रिय साङ्गीतिक सम्मान तथा पुरस्कार, प्रेमध्वज प्रधान राष्ट्रिय साङ्गीतिक सम्मान तथा पुरस्कार, पुष्प नेपाली राष्ट्रिय साङ्गीतिक सम्मान तथा पुरस्कार, फत्तेमान राजभण्डारी राष्ट्रिय युवा तथा साङ्गीतिक सम्मान तथा पुरस्कार, शुभबहादुर सुनाम राष्ट्रिय साङ्गीतिक सम्मान तथा पुरस्कार, राजेश–लक्ष्मी नृत्य गुरु राष्ट्रिय साङ्गीतिक सम्मान तथा पुरस्कार र नेपाल साङ्गीतिक सङ्घ राष्ट्रिय साङ्गीतिक सम्मान तथा पुरस्कार पनि विभिन्न स्रष्टाहरूलाई प्रदान गरिएको थियो ।
पुरस्कार पछिल्लो समय सपरिवार अमेरिका बस्दै आएका बहुप्रतिभाशाली व्यक्तित्व लेखक–निर्देशक–सम्पादक विकास घले गुरुङले आफ्ना बाबु (लाल)–आमा (समुन्द्रा) गुरुङको स्मृतिमा ‘लाल–समुन्द्रा राष्ट्रिय बहुप्रतिभा पुरस्कार’ स्थापना गरेका हुन् । अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी–प्रशिक्षक, नृत्य सिद्धान्त विज्ञसमेत रहेका गुरुङले अग्रजको सम्मान र नवयुवा प्रोत्साहनका लागि पुरस्कार स्थापना गरिएको जानकारी दिए ।
यो पुरस्कार यसअघि ओम प्रतीक गुरुङ, भीमार्जुन आचार्य, कोमल वली, निर शाह, महजोडी र विजय लामाले प्राप्त गरिसकेका छन् । पुरस्कार प्रत्येक वर्षको जुन २१ अर्थात् आजको दिन बाँड्ने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण