जसपा नेपाल प्रदेश अधिवेशनको तयारीमा
सारांश
- जनता समाजवादी पार्टी नेपाल (जसपा) ले प्रदेश समितिहरूको अधिवेशन सम्पन्न गर्ने तयारी थालेको छ।
- केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश अधिवेशन समयमै सम्पन्न गर्ने निर्णय गरेको छ र आवश्यक निर्देशिका तयार पारेको छ।
- अधिकांश जिल्ला र स्थानीय तहको अधिवेशन सम्पन्न भइसकेको छ र बाँकी रहेका अधिवेशनलाई चाँडै टुङ्गो लगाइनेछ।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पार्टीको प्रदेश समितिहरूको अधिवेशन सम्पन्न गर्ने तयारी थालेको छ। आजदेखि सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेश अधिवेशन समयमै सम्पन्न गर्ने निर्णय गरेको हो।
सो पार्टीले प्रदेश अधिवेशन सञ्चालनका लागि आवश्यक निर्देशिका तयार पारेको छ। महासचिव लालबाबु राउतको नेतृत्वमा गठित कार्यदलले उक्त निर्देशिका तयार पारेको हो। महासचिव राउतले आजको बैठकमा निर्देशिका प्रस्तुत गरेका छन् भने भोलिको बैठकले प्रदेश अधिवेशन कहिलेदेखि सुरु गर्ने भन्ने क्यालेन्डर तय गर्ने भएको छ।
कार्यकारिणी सदस्य शैलेन्द्र शाहका अनुसार देशभरका अधिकांश जिल्ला र स्थानीय तहको अधिवेशन सम्पन्न भइसकेको छ। केही जिल्लामा अधिवेशन बाँकी रहेकाले त्यसलाई पनि चाँडै टुङ्गो लगाउने विषयमा आजको बैठकमा छलफल भएको उनले जानकारी दिए।
बैठकमा विभिन्न नेताहरूले आफूलाई दिइएको जिम्मेवारीको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। बाँकी रहेका अधिवेशनहरू छिटो सम्पन्न गरी प्रदेश अधिवेशनमा ध्यान केन्द्रित गर्नुपर्ने धारणा बैठकमा व्यक्त गरिएको थियो। पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि पुनः बस्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण