भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार
आइतबार, ०८ असार २०८२, ०० : ३०
सारांश
- उत्तराखण्डको काशिपुरमा आकर्षक जागिरको प्रलोभनमा पारी बन्दी बनाइएका ३५ नेपाली युवाको उद्धार गरियो।
- नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयको निर्देशनमा उद्धार गरेको हो, कुटपिट र यातना दिई रकम असुलेको आरोप छ।
- उद्धार गरिएका युवालाई नेपाल पठाउने र अन्य नेपालीको खोजी जारी रहेको छ, उत्तराखण्ड प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ।
काठमाडौँ । भारतको उत्तराखण्डको काशिपुरमा आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाबाट बोलाइ बन्दी बनाइका ३५ युवाको उद्धार गरिएको छ ।
बन्दी बनाएर कुटपिट र यातना दिइ विभिन्न शीर्षकमा रकम असुलेको जानकारी आएपछि परराष्ट्र मन्त्रालयको निर्देशनबमोजिम उद्धार गरिएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । उनीहरुलाई राजदूतावासले उत्तराखण्ड प्रहरी र ‘किन इण्डिया’ नामक सामाजिक संस्थाको सहयोगमा यही असार ५ गते उद्धार गरेको हो ।
उक्त घटनासँग सम्बन्धित केही व्यक्तिलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको र उत्तराखण्डको अन्य स्थानमा बन्दी बनाइएका, थप नेपाली युवाको खोजी र उद्धार जारी रहेको दूतावासले जनाएको छ । साथै उद्धार गरिएकाहरुलाई कानुनी प्रक्रिया सम्पन्न गरी नेपाल पठाइने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण