इजरायली आक्रमणमा इरानमा मर्नेको संख्या ८६५ पुग्यो
सारांश
- इजरायल र इरानबीचको द्वन्द्व दोस्रो हप्तामा प्रवेश गरेको छ, युद्धविराम वार्ता असफल भएपछि इजरायल लामो सैन्य कारबाहीको लागि तयार छ।
- अमेरिका इरानको आणविक केन्द्रहरूमा आक्रमणमा संलग्न भएको छ, राष्ट्रपति ट्रम्पले यसलाई ऐतिहासिक क्षण भनेका छन्, र इजरायलले हवाई क्षेत्र बन्द गरेको छ।
- इरानमा इजरायली आक्रमणमा ८६५ जनाको मृत्यु र ३,३९६ घाइते भएका छन्, जसमा सर्वसाधारण र सुरक्षाकर्मीहरू पनि छन्।
तेहरान । इजरायल र इरानबिच जारी द्वन्द्व दोस्रो हप्तामा प्रवेश गरेको छ । स्विट्जरल्याण्डको जेनेभामा इरान र युरोपेली देशहरूबिच भएको युद्धविराम वार्ताले कुनै नतिजा निकालेको छैन । यस्तोमा इजरायलले आफू लामो सैन्य कारबाहीको लागि तयार रहेको बताएको छ ।
दुई पक्षबिच निरन्तर भइरहेका आक्रमणहरूका बिचमा अमेरिका पनि खुलेआम युद्धमा होमिएको छ । इरानका तीन आणविक केन्द्रहरूमा सफल आक्रमण गरेको दाबी अमेरिकाले गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले यसलाई ऐतिहासिक क्षण भनेका छन् ।
इरानको आणविक स्थलहरूमा अमेरिकी आक्रमणपछि इजरायलको विमानस्थल प्राधिकरणले आइतबार देशको हवाई क्षेत्र आगमन र बाहिरिने दुवै उडानहरूका लागि बन्द गर्ने घोषणा गरेको छ। एजेन्सीले हवाई यातायात बन्द गरिरहेको बताएको छ। अमेरिकाले शनिबार र आइतबारको मध्यरातमा इरानका तीन स्थानमा आक्रमण गरेको छ।
इरानमाथि इजरायली आक्रमणमा हालसम्म ८६५ जनाको मृत्यु भइसकेको छ । अरू ३ हजार ३९६ जना घाइते भएका छन् । वासिङ्टनस्थित मानव अधिकार समूहले मृतकहरूमा ३६३ सर्वसाधारण र २१५ सुरक्षा बलका कर्मचारी रहेको बताएको छ । इरानको स्वास्थ्य मन्त्रालयले शनिबार इजरायली आक्रमणमा लगभग ४०० इरानी मारिएको र ३,०५६ जना घाइते भएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण