धर्मगुरुको आवरणमा ठग्ने पुरुषोत्तम काफ्लेले दिए सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन
सारांश
- पुरुषोत्तम काफ्ले, जो धर्मगुरुको रूपमा ठगी र यौन शोषणको आरोपमा पक्राउ परेका थिए, उनले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका छन्।
- काफ्लेलाई काठमाडौं जिल्ला अदालतले मुद्दाको पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो, जसको विरुद्ध उनले निवेदन दिएका हुन्।
- आफूलाई 'शिव सुतक गौरीभक्त' बताउने काफ्लेले महिलाहरूलाई प्रभावमा पारेर ३ करोड ६३ लाख ठगी गरेको र यौन शोषण गरेको आरोप लागेको छ।
काठमाडौँ । धर्मगुरुको आवरणमा ठगी धन्दा र यौन शोषण गरेको आरोपमा पक्राउ परेर पुर्पक्षको लागि थुनामा राखिएका पुरुषोत्तम काफ्लेले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका छन् । सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा रहेका काफ्लेले दिएको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि आइतबार सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुङ्गानाको इजलासमा उनको निवेदनमाथि सुनुवाइ हुँदैछ । उनलाई काठमाडौँ जिल्ला अदालतले मुद्दा पुर्पक्षको लागि थुनामा राख्न आदेश गरेको थियो । सो आदेशविरुद्ध काफ्ले निवेदन दिएका हुन् ।
आफूलाई ‘शिव सुतक गौरीभक्त’ भनेर चिनाउने दोलखा घर भएका काफ्लेलाई सीआईको टोलीले २०८० असारमा भारतबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । आश्रममा आउने महिलाहरूलाई प्रभावमा पारेर उनले ३ करोड ६३ लाख ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
नारी उत्थानका लागि कम्पनी खोल्न भनेर रकम उठाएर उनले आफूले घरजग्गा जोडेर ठगी गरेका हुन् । उनीमाथि महिला भक्तहरूलाई यौन शोषण समेत गरेको आरोप लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण