क्यानडा पुरुष टी–२० विश्वकपका लागि छनोट
सारांश
- क्यानडाले टी-२० विश्वकपका लागि छनोट भई भारत र श्रीलंकामा हुने प्रतियोगितामा स्थान पक्का गरेको छ।
- क्यानडाले बहामासलाई पराजित गर्दै लगातार पाँचौँ जित हासिल गर्यो, जसमा कलीम सना र शिवम शर्माले महत्त्वपूर्ण योगदान दिए।
- दिलप्रीत बज्वाले अविजित ३६ रन बनाएर क्यानडालाई ५.३ ओभरमै लक्ष्य पार गराए, र क्यानडा ११ देशको सूचीमा समावेश भयो।
अटोवा । क्यानडाले भारत र श्रीलङ्कामा आयोजना हुने पुरुष टी–२० विश्वकपका लागि आफ्नो स्थान सुनिश्चित गरेको छ। अमेरिकाज क्षेत्रीय छनोट प्रतियोगिताको आयोजक राष्ट्र क्यानडाले बहामासलाई पराजित गर्दै लगातार पाँचौँ जित दर्ता गर्दै विश्वकप यात्रा तय गरेको हो।
क्यानडाका बलर कलीम सना र शिवम शर्माले तीन–तीन विकेट लिएपछि बहामासलाई मात्र ५७ रनमा समेटिएको थियो। जवाफी ब्याटिङमा दिलप्रीत बज्वाले १४ बलमा अविजित ३६ रन बनाएर क्यानडालाई मात्र ५.३ ओभरमै लक्ष्य पार गराए। गत वर्ष अमेरिका र क्यारिबियनमा सम्पन्न टी–२० विश्वकपमा भाग लिएको क्यानडा यस पटकको छनोट प्रतियोगितामा प्रबल दाबेदारका रूपमा आएको थियो।
निकोलस किर्तनको कप्तानीमा रहेको क्यानडाले पहिलो खेलमै बर्मुडालाई ११० रनले पराजित गर्दै अभियानको सुरुवात गरेको थियो। त्यसपछि क्यानडाले केम्यान आइसल्यान्डविरुद्ध ५९ रनको जित र बहामासमाथि पहिलो चरणमै १० विकेटको शानदार जित निकालेको थियो।
दोस्रोपटक केम्यान आइसल्यान्डसँग भएको पाँच ओभरको छोटो खेलमा क्यानडाले ८२ रन बनाउँदै ४२ रनले खेल जितेको थियो। अब क्यानडा भारत र श्रीलङ्कासँगै विश्वकपका लागि छनोट भएका ११ देशको सूचीमा समावेश भएको छ। अन्य टोलीमा अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, संयुक्त राज्य अमेरिका, वेस्ट इन्डिज, आयरल्याण्ड, न्युजिल्यान्ड र पाकिस्तान रहेका छन्।
अब बाँकी ७ स्थानका लागि युरोप, अफ्रिका र एसिया–ईएपी क्षेत्रीय छनोटबाट टिमहरू छनोट हुनेछन् । युरोप छनोट २०२५ जुलाई ५ देखि ११ सम्म, अफ्रिका छनोट १९ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म, र एसिया–ईएपी छनोट अक्टोबर १ देखि १७ सम्म हुने तालिका छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण