इरानी हमलामा इजरायलमा १६ जना घाइते
आइतबार, ०८ असार २०८२, १४ : ४२
सारांश
- इरानको हवाई आक्रमणमा इजरायलमा १६ जना घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था स्थिर छ।
- तेल अभिभमा इरानको आक्रमणपछि एउटा भवनमा क्षति पुगेको छ र ६ जनालाई सकुशल निकालिएको छ।
- घाइतेहरूको उपचार भइरहेको छ र भवनमा फसेका मानिसहरूको खोजी जारी छ।
तेल अभिभ । आइतबार इरानले गरेको हवाई आक्रमणमा १६ जना घाइते भएको इजरायलको आपतकालीन सेवा म्यागेन डेभिड एडोम (एमडीए)ले बताएको छ । घाइते १६ जनाको उपचार भइरहेको छ ।
यी आक्रमणमा घाइते भएका १६ जनामध्ये एक जना ३० वर्षीय पुरुष पनि छन्, जसको अवस्था स्थिर रहेको बताइएको छ । बाँकी १५ जनालाई सामान्य चोट लागेको बताइएको छ ।
यसअघि एमडीएले आइतबार बिहान इरानी हवाई आक्रमणमा ११ जना घाइते भएको बताएको थियो । इरानको आक्रमणपछि तेल अभिभमा एउटा भवनमा क्षति पुगेको इजरायली प्रहरीले बताएको थियो ।
यस क्षतिग्रस्त भवनबाट छ जनालाई सुरक्षित रूपमा बाहिर निकालिएको बताइएको छ । यी छ जनालाई सामान्य चोट लागेको छ । भवन भित्र फसेका मानिसहरूको खोजी भइरहेको इजरायली प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण