११ महिनामा मोबाइल, फोन, चार्जरमै बाहिरियो ३० करोड २९ लाख रुपैयाँ
सारांश
- चालु आर्थिक वर्षको ११ महिनामा ३० करोड २९ लाख रुपैयाँ बराबरको मोबाइल, फोन र चार्जर आयात गरियो।
- सबैभन्दा धेरै मोबाइल चार्जर चीन र भारतबाट आयात भएको देखिन्छ, जसले गर्दा नेपालको निर्भरता बढेको छ।
- भारत र चीनले इलेक्ट्रोनिक सामान उत्पादन बढाउँदै गर्दा नेपालमा भने यस्ता वस्तु उत्पादनमा जोड दिइएको छैन।
काठमाडौँ । भारत, चीनदेखि क्यानडाबाट ३० करोड २९ लाख रुपैयाँ बराबरका मोबाइल, फोन, चार्जर नेपालमा भित्र्याइएको छ । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्मको अवधिमा विभिन्न देशमा उक्त रकम बाहिरिएको हो ।
भन्सार विभागका अनुसार यो ११ महिनाको अवधिमा ३९ लाख ४२ हजार ८६६ थान मोबाइल, फोन, चार्जर आयात गरिएको छ । भारत, चीन, अष्ट्रेलिया, क्यानडा, साइप्रस, फ्रान्स, जर्मनी, हङकङ, इजरायल, इटली, जापान, कोरिया, पोल्याण्ड, पोर्चुगल लगायतका देशबाट मोबाइल फोन चार्जर ल्याइएको हो ।
ती चार्जर नेपालमा ल्याउँदा नेपाल सरकारले ९४ करोड ३९ लाख मात्रै आम्दानी गरेको छ । मोबाइल फोन चार्जर नेपालमा आउने देशमध्ये सबैभन्दा बढी चीनबाट हो ।उक्त देशबाट ३५ लाख ७० हजार थान चार्ज आएको छ । उक्त चार्जर खरिद गर्न २८ करोड १० लाख रुपैयाँ चीन पठाइएको छ । चीनबाट आएका ती चार्जबाट राज्यले जम्मा ८ करोड ६२ लाख राजस्व सङ्कलन गरेको छ ।
यस्तै ११ महिनाको अवधिमा सबैभन्दा धेरै फोन चार्ज भारतबाट भित्रिएको छ । भारतबाट ३ लाख ७२ हजार ६९२ थान त्यस्ता फोन चार्ज नेपालमा आयात गरिएको छ ।
जसका लागि २ करोड १७ लाख लाख रुपैयाँ खर्चनु परेको छ । भारतबाट आएका त्यस्ता फोन चार्जबाट राज्यले जम्मा ८० लाख ९९ हजार राजश्व उठाएको छ ।समग्रमा हेर्दा चीन र भारत मोबाइल चार्जरको प्रमुख स्रोत बनेका छन् । सस्तो र व्यापक आपूर्ति भएका कारण यिनै दुई देशमाथि नेपालको निर्भरता उच्च देखिएको छ ।
भारतमा पछिल्लो समय चार्जर निर्माणका लागि सरकारले त्यस्ता उद्योगलाई विशेष प्राथमिकतामा राख्दै सुविधा समेत दिँदै आएको छ । त्यहाँ खासगरी पीएलआई, पीएमपी, मेक इन इन्डिया कार्यक्रम सञ्चालन भइरहेका छन् । ती कार्यक्रमहरूले चिपसेट, चार्जर, कनेक्टरहरु उत्पादक गर्नेहरूलाई विशेष सहुलियत दिइरहेको छ ।
अर्थतन्त्रमा बलियो हुँदै गइरहेको चीन समेत इलेक्ट्रोनिक समान निर्माणमा छलाङ मारिरहेको छ । चीनको मोबाइल चार्जर बजार २०२३ मा लगभग ५.८ खर्ब रुपैयाँ रहेको थियो । जसलाई २०३० सम्म यसलाई भारी रूपमा बढाउने लक्ष्य राखिएको छ । भारत,चीनले आफ्ना यस्ता उत्पादित इलेक्ट्रोनिक वस्तुहरूलाई विश्वभर फैलाउन तीव्र प्रतिस्पर्धा गरिरहेका छन् ।
उनीहरू तीव्र रूपमा लाग्दा नेपालमा भने यस्ता वस्तु उत्पादनमा खासै जोड दिइएको छैन । सरकारका नीतिहरूले समेत त्यतातर्फ ध्यान दिन सकिरहेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण