बुढानीलकण्ठमा युवकको हत्या गरेको आरोपमा चार जना पक्राउ
सारांश
- बुढानीलकण्ठ, काठमाडौंमा एक युवकको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
- मृतक कृष्ण लामाको हत्या आपसी विवादका कारण भएको र उनीहरु विकास लामाको बहिनीको जन्मदिन मनाउन भेला भएका थिए।
- प्रहरीका अनुसार, घटनामा संलग्न व्यक्तिहरूले कुटपिट गर्दा कृष्ण लामा घाइते भएका थिए र उनको मृत्यु भयो।
काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–५ स्थित टुसालमा युवकको हत्यामा संलग्न आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । असार ६ गते राति बाराको निजगढ नगरपालिका–८ घर भएका ३२ वर्षीय कृष्ण लामाको हत्या भएको थियो ।
हत्यामा संलग्न आरोपमा मकवानपुर घर भएर बुढानीलकण्ठ बस्ने विकास लामा ल्हो, बारा घर भएका २९ वर्षीय सुगन्द लामा, १८ वर्षीय सौगात क्षेत्री र मकवानपुरका २३ वर्षीय निसान जिम्बा पक्राउ परेका छन् । विकास लामाको बहिनीको जन्मदिन मनाउन उनकै घरमा भेला भएका आरोपीहरूले आपसमा विवाद हुँदा कृष्ण लामाको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
विकास लामा कराँते खेलाडी समेत हुन् । आपसी विवाद हुँदा मुक्का प्रहार गरेर कृष्णलाई घाइते बनाएको र शनिवार बिहान मृत्यु भएको आरोपीहरूले प्रहरीलाई बताएका छन् । घटनाबारे प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण