ढुंगेअड्डामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आइतबार, ०८ असार २०८२, २२ : ४१
सारांश
- काठमाडौंको चन्द्रागिरी नगरपालिकामा ट्रकले दुई मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
- दुर्घटनामा हुम्ला घर भएका २२ वर्षीय धिरेन्द्र भियालको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
- घाइते भएका ५० वर्षीय मुक्ति नारायण श्रेष्ठको कलङ्कीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–१५ स्थित ढुङ्गेअड्डामा ट्रकले दुईवटा मोटरसाइकललाई ठक्कर दिएको छ । थानकोट तर्फ जाँदै गरेको ना.६ ख ८६७४ नम्बरको ट्रको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । मृत्यु हुनेमा हुम्ला घर भएर तीनथान बस्ने करिब २२ वर्षीय धिरेन्द्र भियाल छन् ।
आइतबार साँझ ८ बजेर २५ मिनेटमा सो ट्रकले बा।६३ प २०७७ नम्बरको होण्डा र बागमती प्रदेश–०२–०४९ प ४९५७ नम्बरको यमाहा मोटरसाइकललाई ठक्कर दिएको हो । अर्का मोटरसाइकल चालक ५० वर्षीय मुक्ति नारायण श्रेष्ठ घाइते भएका छन् । उनको कलङ्की स्थित सहिद मेमोरियल अस्पतालमा उपचार हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण