१२ बजे १२ समाचारः राति काठमाडौँ आसपास भारी वर्षा, मेटमणिविरुद्धको जाहेरी फिर्ताका लागि पत्र
रातोपाटी डटकमले वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ–
१. वर्षा
छिल्लो एक घण्टादेखि काठमाडौँ आसपासका क्षेत्रहरूमा भारी वर्षा भइरहेको छ । उपत्यकाको कपन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
२. रास्वपासँग सम्बन्धित पत्रबारे निर्वाचन आयुक्तहरू नै आश्चर्यमा
रास्वपासँग सम्बन्धित पत्रबारे निर्वाचन आयुक्तहरूनै आश्चर्यमा परेका छन । रास्वपाका महामन्त्री मुकुल ढकाल नै पुष्टि हुने गरी आयोगबाट बाहिरिएको पत्र आधिकारिक नभएकोे निर्वाचन आयुक्तहरूको भनाइ छ ।
३. पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसहित १४ जनाविरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा।मिलन कुमार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानि नोक्सानी पुरयाएर भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर भएको हो ।
४. मेटमणि चौधरीविरुद्धको जाहेरी फिर्ताका लागि पत्र
एकीकृत नेकपा समाजवादीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध चेक अनादरको जाहेरी फिर्ताका लागि जिल्ला प्रहरी कार्यालय दाङमा पत्र आइपुगेको छ । जाहेरीकर्ताले नै फिर्ताका लागि निवेदन दिएको प्रहरीले जनाएको छ ।
५. समीक्षाले अभद्र टिप्पणी गर्नेलाई सिकाइन सबक
आफ्नो पोस्टमा अभद्र टिप्पणी गर्ने एक प्रयोगकर्ताको जानकारी गायिका समीक्षा अधिकारीले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन । त्यस लगत्तै ती व्यक्तिले समीक्षासँग माफी मागेका छन ।
६. जनमत पार्टीकी प्रदेशसभा सदस्यविरुद्ध पक्राउ पुर्जी
जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । समानुपातिक प्रदेशसभा सदस्य उनीविरुद्ध पर्सा जिल्ला अदालतबाट जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएको थियो । त्यस यता सुमन भने फरार छिन ।
७. नेसपाले माओवादीसँग सम्मानजनक एकताका लागि पहल गर्ने
महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी ९नेसपा०ले नेकपा माओवादी केन्द्रसँग सम्मानजनक एकताका लागि पहल गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो ।
८. संसदमा के–के भयो ?
आइतबार प्रतिनिधि सभा बैठकमा रास्वपाका सांसदहरूले विरोध जारी राखे पनि संसदीय कारबाही अगाडि बढाइयो । बैठकमा बजेट सम्बन्धी छलफलले निरन्तरता पाएको छ ।
९.भात र पैसाको निहुँमा देवरले गरे भाउजुको हत्या
कैलालीको गौरीगंगा नगरपालिका–७, कैलाशपुरमा भात र पैसाको निहुँमा १६ दिने सुत्केरी भाउजुको हत्या आफ्नै देवरले गरेको तथ्य प्रकाशमा आएको छ ।
१०. नवराज ‘भेंडा’ले अन्ततः प्रधानमन्त्रीसँग भेट्न पाए
सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा गरेका अभियानकर्मी नवराज बोहरा ‘भेंडा’ ले अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न पाएका छन । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन ।
११. न्यायमूर्ति नै किन हुन थाले असुरक्षित ?
पछिल्लो समय न्यायाधीशहरू असुरक्षित महसुस गर्न थालेका छन । न्यायाधीशमाथि दुव्र्यवहारको घटनामात्र होइन, कतिपय मुद्दाका फैसलालाई लिएर आलोचना हुने क्रम पनि बढ्न थालेको छ । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
१२. एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी मिथेन ग्यासको उत्पादनमा लाग्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी दैलेखमा रहेको मिथेन ग्यासको उत्पादनमा गम्भीरतापूर्वक लाग्न निर्देशन दिएका छन ।
आइतबार बालुवाटारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग दैलेखको ग्यास उत्खनन र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण