खोलाले बगाएर बेपत्ता भएका पूर्व वडा सदस्यको शव फेला
सोमबार, ०९ असार २०८२, ०९ : २७
कैलाली । बाजुराको गौमुल गाउँपालिका-३ मा खोलाले बगाएर बेपत्ता भएका एकजना पूर्व वडा सदस्यको शव फेला परेको छ। आइतबार ४५ वर्षीय धन बहादुर बोहरा खोलाले बगाएर बेपत्ता भएका थियो ।
उनको शव सोही वडाको तीन नम्बर वडाकै बेलिब्रिज नजिकै फेला परेको हो। दिउँसो करिब २ बजेर ४५ मिनेटतिर उनलाई खोलाले बगाएको थियो।
घट्टको पाथर तार्ने क्रममा रौधीखोला उर्लेर आएपछि उनी बगेका थिए। जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकपाल हवारीले खोलामा एक्कासि बाढीले उनलाई बगाएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण