अर्थ
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सोमबार, ०९ असार २०८२, १० : ३४
सारांश
- आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। छापावाल सुन आइतबारकै मूल्यमा किनबेच भइरहेको छ।
- चाँदीको मूल्यमा भने वृद्धि भएको छ, प्रति तोला १० रुपैयाँले बढेको छ।
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आइतबारकै मूल्यमा कारोबार भएको हो।
जसअनुसार छापावाल सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ६७ हजार ३३५ रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने आइतबारको तुलनामा रु १० बढेको छ । महासंघका अनुसार आइतबार चाँदी तोलामा २ हजार १६० रुपैयाँ कायम भएको थियो ।
आज बढेर तोलामा २ हजार १७० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण