खेतीपातीको चटारोका कारण नेकपाको केन्द्रीय समिति बैठक प्रभावित
सारांश
- नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक स्थगित भएको छ।
- प्रवक्ताका अनुसार, खेतीपातीको चटारो र वर्षाका कारण बैठक साउनमा सारिएको छ।
- पार्टीले देशभर १ सय २२ बिघाभन्दा बढी जमिनमा खेती गर्दै आएको छ।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक प्रभावित भएको छ । खेतीपातीको चटारोको कारण बैठक प्रभावित भएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार खेती बाली लगाउने काम सम्पन्न भएपछि साउनमा बैठक बस्नेछ ।
‘खेतीपातीको चटारोका कारण असारमा केन्द्रीय समिति बैठक बस्न सम्भव छैन । वर्षाको कारण देशभरबाट नेताहरू आउन समस्या हुने भयो । खेती बाली लगाई सकिएपछि साउनतिर बैठक बस्छ’, उनले भने ।
नेकपाले देशभर एक सय २२ बिघाभन्दा बढीमा खेती गर्दै आएको छ । नेकपाले हरेक ६ महिनाको अन्तरालमा नियमित बैठक बोलाउने गरेको थियो । महासचिव नेत्रविक्रम चन्द विप्लवले यसअघि जेठ १८ गते केन्द्रीय समिति बैठक बोलाएका थिए । तर सडकमा राजावादीहरू सक्रियता बढ्दै गएको, यातायात व्यवसायी महासङ्घले यातायात सेवा अवरुद्ध गरेको कारण देखाउँदै बैठक स्थगित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण