ओमानले पहिलो पटक गर्यो आयकर लगाउने घोषणा
सारांश
- ओमानले सन् २०२८ देखि आफ्ना नागरिकहरूमाथि ५ प्रतिशत आयकर लगाउने निर्णय गरेको छ।
- वार्षिक १ लाख ९ हजार अमेरिकी डलरभन्दा बढी आम्दानी गर्ने नागरिकलाई मात्र आयकर लागु हुनेछ।
- अन्य खाडी देशहरूले पनि कर लगाउनेबारे विचार गरिरहेको अझै स्पष्ट छैन, तर आईएमएफले यस्तो भविष्यवाणी गरेको थियो।
मस्कट । बद्लिँदो परिस्थितिसँगै पछिल्लो समय खाडी देशहरू कच्चा तेलमाथि अर्थतन्त्रको निर्भरता कम गर्न लागिरहेका छन् । ओमानले यस दिशामा पहल गरेको छ ।
खाडी देशहरूमा पहिलो पटक ओमानले आफ्ना नागरिकहरूमाथि आयकर लगाउने निर्णय गरेको छ । ओमान सरकारको घोषणा अनुसार, सन २०२८ देखि पाँच प्रतिशत आयकर सङ्कलन गरिनेछ ।
तर, आयकर वार्षिक आय १ लाख ९ हजार अमेरिकी डलर वा सोभन्दा बढी हुने नागरिकहरूलाई मात्र लागू हुनेछ । यसका आधारमा ओमानका एक प्रतिशत जनता मात्रै आयकरको दायरामा आउनेछन् । ओमान सरकारले आइतबार यस सम्बन्धमा आधिकारिक घोषणा जारी गरेको थियो ।
अन्य खाडी देशहरूले पनि आफ्ना नागरिकहरूमाथि कर लगाउने विचार गरिरहेका छन् कि छैनन् भन्ने कुरा अझै स्पष्ट छैन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले केही अघि खाडी देशहरूले आगामी वर्षहरूमा राजस्व विविधीकरण गर्न आफ्ना नागरिकहरूमाथि कर लगाउन थाल्ने भविष्यवाणी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण