भिजिट भिसा प्रकरण : छानबिन समितिप्रति रास्वपा असन्तुष्ट, थप निर्णय गर्न बैठक बस्दै
सारांश
- सरकारले भिजिट भिसा प्रकरण छानबिनका लागि पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा समिति गठन गरेको छ।
- रास्वपाले उक्त छानबिन समितिप्रति असन्तुष्टि जनाउँदै संसद बैठकमा सहभागी नहुने बताएको छ।
- रास्वपाले गृहमन्त्री रमेश लेखकको संलग्नताको आशंका गर्दै उच्चस्तरीय छानबिनको माग गरेको थियो।
काठमाडौँ । भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले बनाएको छानबिन समितिप्रति रास्वपाले असन्तुष्टि जनाएको छ । रास्वपाले भिजिट भिसा प्रकरणको विरोध गर्दै जेठ १३ गतेदेखि संसद् अवरोध गर्दै आएको थियो ।
उसले अध्यागमन विभागमा हुने सेटिङ र मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको समेत संलग्नता रहेको हुन सक्ने भन्दै उच्चस्तरीय संसदीय वा न्यायिक समिति गठनको माग गर्दै आएको थियो । तर सरकारले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । वैरागी नेतृत्वको छानबिन समितिले समस्या समाधान गर्न नसक्ने रास्वपाले जनाएको छ । रास्वपाका प्रवक्ता मनिष झाले टालटुले समिति गठन गर्दैमा रास्वपाले संसद् बैठकमा सहभागिता नजनाउने बताए ।
‘बैठकमा हाम्रो सहभागिता हुँदैन । सहभागिता हुँदैन भन्दै गर्दा बहिस्कार गर्ने वा अवरोध गर्ने भन्ने अलग कुरा हो’, झाले भने, ‘टालटुले र कर्मकाण्डी छानबिन समिति बनाइयो यसले कुनै समस्या समाधान गर्दैन ।’
उनले बैठक अवरोध वा बहिस्कार के गर्ने भन्ने प्रतिनिधि सभा बैठकअघि संसद् भवनमा छलफल गरेर निर्णय गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण