जुलाईबाट युरोपमा नेपाली कामदार पठाउने व्यवस्था मिलाइएको श्रममन्त्रीको भनाई
सारांश
- श्रममन्त्री भण्डारीले जुलाई महिनाबाट युरोपमा संस्थागत रूपमा कामदार पठाउने बताए।
- युरोपमा मेनपावर व्यवसायीका कारण रोकिएको श्रमिक पठाउने कार्य अब सहज हुनेछ।
- मन्त्रीका अनुसार, वैदेशिक रोजगार नीतिअनुसार कोरिया र जापानमा दक्ष कामदार पठाउने निर्णय भएको छ।
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आगामी जुलाई महिनाबाट युरोपमा संस्थागत रूपमा कामदार पठाइने बताएका छन् । विनियोजन विधेयक २०८२ माथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले यही जुलाई महिलाबाट युरोपमा संस्थागत तवरले श्रमिक पठाउने व्यवस्था मिलाइएको बताएका हुन् ।
उच्च मानवअधिकार भएका मुलुकहरूमा श्रमिक पठाउनका लागि तयारी भएको उनको भनाइ छ । युरोपमा मेनपावर व्यवसायीहरूका मागपत्र प्रमाणीकरण नहुँदा नेपाली श्रमिकहरू युरोप जानबाट वञ्चित हुँदै आएका छन् । संस्थागत रूपमा जान नपाउँदा श्रमिकहरू दलाललाई १० औँ लाख रुपैयाँ तिरेर युरोपका विभिन्न देशमा जान बाध्य भइरहेका छन् । यस्तो अवस्थामा मन्त्री भण्डारीले जुलाईबाट युरोपमा कामदार पठाउने व्यवस्था मिलाइएको बताएका हुन् ।
वैदेशिक रोजगार नीति अनुसार दक्ष र सीपयुक्त नेपालीलाई वैदेशिक रोजगारीका लागि कोरिया र जापानमा अर्धदक्ष र दक्ष कामदार पठाउने गरी निर्णय भएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण