बजेट भौगोलिक तथा जनसाङ्ख्यिक अनुपातका आधारमा सन्तुलित छ : सहरी विकास मन्त्रालय
सारांश
- सहरी विकास मन्त्रालयले आर्थिक वर्ष ०८२/८३ का लागि भौगोलिक र जनसाङ्ख्यिक अनुपातका आधारमा सन्तुलित बजेट ल्याएको छ।
- कोशी प्रदेशमा १६.९ प्रतिशत, मधेशमा १२ प्रतिशत, बागमतीमा २६ प्रतिशत, गण्डकीमा ११.२३ प्रतिशत बजेट विनियोजन गरिएको छ।
- काठमाडौं उपत्यकामा करिब १९ प्रतिशत जनसंख्या भएपनि १६ प्रतिशत बजेट छुट्याइएको छ, जसले प्रदूषित नदीनाला र सडक सुधारमा जोड दिनेछ।
काठमाडौँ । सहरी विकास मन्त्रालयले आर्थिक वर्ष ०८२/८३ का लागि सन्तुलित बजेट ल्याएको छ । बजेट भौगोलिक तथा जनसाङ्ख्यिक अनुपातका आधारमा सन्तुलित रहेको मन्त्रालयले जनाएको हो।
सहरी विकास मन्त्रालयले आव २०८२/८३ को वार्षिक कार्यक्रम तयार गर्दा भौगोलिक तथा जनसाङ्ख्यिक आधारमा प्रादेशिक सन्तुलन समेत कायम गरिएको मन्त्रालयले सचिवालयमार्फत जानकारी दिएको छ । त्यस्तै, अघिल्ला वर्षहरूमा सहरी विकास मन्त्रालयबाट त्यस ठाउँमा के कति लगानी भएको वा नभएको भन्ने आधारमा बजेट विनियोजन गरिएको छ ।
- कुन प्रदेशमा कति बजेट ?
कोशी प्रदेशमा नेपालको कुल जनसङ्ख्याको १७.०३ प्रतिशत जनसङ्ख्याको बसोबास रहेको छ । सहरी विकास मन्त्रालयले कोशीमा १६.९ प्रतिशत बजेट विनियोजन गरेको छ । यस्तै करिब २० प्रतिशत जनसङ्ख्या रहेको मधेस प्रदेशमा करिब १२ प्रतिशत बजेट, २१ प्रतिशत जनसङ्ख्या रहेको बागमती प्रदेशमा करिब २६ प्रतिशत बजेट, ८.४९ प्रतिशत जनसङ्ख्या रहेको गण्डकी प्रदेशमा ११.२३ प्रतिशत बजेट विनियोजन गरेको छ ।
यस्तै १७.५५ प्रतिशत जनसङ्ख्या रहेको लुम्बिनी प्रदेशमा १६.३८ प्रतिशत बजेट, ५.८ प्रतिशत जनसङ्ख्या रहेको कर्णाली प्रदेशमा ८.३ प्रतिशत बजेट र ९ प्रतिशत जनसङ्ख्या रहेको सुदूरपश्चिम प्रदेशमा ९ प्रतिशत हाराहारी बजेट विनियोजन भएको छ ।
काठमाडौँ उपत्यकाको सन्दर्भमा कुरा गर्दा नेपालको कुल जनसङ्ख्याको १०.२६ प्रतिशत मानिसहरू यस उपत्यकाका स्थायी बासिन्दा भएता पनि थप ९ प्रतिशत जति भाडामा बस्ने जनसङ्ख्या जोड्दा करिब १९ प्रतिशत मानिसहरू यहाँ बसोबास गर्दछन् यति ठुलो जनसङ्ख्या बसोबास गर्ने काठमाडौँ उपत्यकालाई बस्न योग्य बनाउने उद्देश्यले यहाँका प्रदूषित नदीनालालाई पुनर्जीवन दिन, करिडोरका सडकहरू सुधार गरी मुख्य सडकहरूमा निजी सवारी साधनको चाप कम गर्न, हरित पार्कहरू विस्तार गर्न, पानी पर्दा ताल जस्तो बन्ने सडक तथा ढल सुधार गर्न करिब १६ प्रतिशत बजेट विनियोजन भएको छ ।
साथै सहरी विकास मन्त्रालय अन्तर्गतका महत्त्वपूर्ण निकायहरू जस्तै अधिकार सम्पन्न बागमती एकीकृत विकास समिति काठमाडौँ उपत्यका विकास प्राधिकरण सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय, विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयबाट सञ्चालन हुने कार्यक्रमहरू काठमाडौँ उपत्यका केन्द्रित रहेकोले पनि काठमाडौँ उपत्यकामा अन्य क्षेत्रभन्दा केही बजेट बढी देखिन गएको मन्त्रालय बताउँछ ।
काठमाडौँ उपत्यका बाहेक बागमती प्रदेशका अन्य जिल्लाको जनसङ्ख्या १०.२ प्रतिशत रहेकोमा १०.५ प्रतिशत बजेट विनियोजन भएको छ । ‘सहरी विकास मन्त्रालयको बजेट भौगोलिक तथा जनसाङ्ख्यिक आधारमा प्रादेशिक सन्तुलन कायम हुने गरी विनियोजन गरिएको कुरा पुष्टि हुने मन्त्रालयको दाबी छ ।
सहरी विकास मन्त्रालयको बजेट बजेट १ खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण