इटहरी उपमहानगरद्वारा २ अर्ब ५५ करोड बढीकाे बजेट सार्वजनिक
इटहरी । इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
इटहरी उपमहानगरपालिका उपप्रमुख संगीताकुमारी चौधरीले मंगलबार नगरको १६ औँ नगरसभामार्फत चालु आर्थिक वर्षको भन्दा एक अर्बभन्दा कमको सार्वजनिक गरिन् । चालु आर्थिक वर्षको बजेट तीन अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको रहेको थियो ।
आगामी वर्षका लागि चालु खर्चतर्फ एक अर्ब चार करोड ११ लाख १० हजार अर्थात कुल बजेटको ४०.७९ प्रतिशत वित्तीय व्यवस्थापन अन्तर्गत साँवा ब्याज भुक्तानीतर्फ ९० लाख अर्थात कुल बजेटको ०.३५ प्रतिशत र पूजीगत खर्च एक अर्ब ५० करोड १९ लाख ९० हजार अर्थात कुल बजेटको ५८.८६ प्रतिशत छुट्याइएको घोषणा गरियो ।
आगामी आर्थिक वर्ष स्थानीय जनताको माग बमोजिम भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको उपप्रमुख चौधरीले जानकारी दिइन् ।
जसमा सङ्घीय सरकार र प्रदेश सरकारसँग आवश्यक समन्वय गरी इटहरी उपमहानगरपालिकाको बाहिरी चक्रपथको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ ।
यस्तै, इटहरीको सर्वाङ्गीण विकासका लागि गुरुयोजना तयार गरिने मुख्य योजनामै समेटिएको छ । बजेटमा इटहरीलाई सुन्दर शहर बनाउन सौन्दर्यकरणका लागि सडक निर्माणसँगै सडक क्षेत्राधिकार भित्र पर्ने आवश्यक स्थानमा रोड फर्निचर लगाउने, पैदलयात्रीको सहजताका लागि कोशी राजमार्ग दुई वटा आकासे पुल निर्माण गर्न बजेट छुट्याइएको छ ।
विश्व बैंकसँगको सहयोगमा इटहरीमा मुख्य समस्याको रूपमा रहेको बाढी तथा डुबान समस्या दीर्घकालीन रूपमा समाधानका लागि नमुना कार्यक्रमका रूपमा आएका प्रकृतिमा आधारित मोडेलबाट बाढी नियन्त्रण गर्ने कार्यको सम्भाव्यता चालु आर्थिक वर्षमा भइसकेकोमा आगामी वर्ष कार्यान्वयनमा ल्याइने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण