सुदूरपश्चिम प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्षमा साउँद नियुक्त
मङ्गलबार, १० असार २०८२, २१ : ०९
कैलाली । सुदूरपश्चिम प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्षमा मंगलबार गजेन्द्र साउँद नियुक्त भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालका लागि कराते खेलमार्फत योगदान पुर्याउँदै आएका साउँदले अब युवा नेतृत्वको क्षेत्रमा पनि जिम्मेवारी सम्हाल्ने भएका हुन् । प्रदेश सरकारद्वारा उनलाई उक्त जिम्मेवारी दिइएको हो ।
उनले प्रदेशको युवा नीतिहरू निर्माण, कार्यान्वयन तथा कार्यक्रम सञ्चालनमा उल्लेखनीय भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।’सुदूरपश्चिमका युवाहरूको आवाज सरकारसमक्ष पुर्याउने, अवसर सिर्जना गर्ने र उनीहरूको क्षमता उजागर गर्ने कार्यमा म समर्पित रहनेछु।’कार्यकारी उपाध्यक्ष साउँदले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
-
४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा
-
बेल्जियमविरुद्ध इजिप्टको सुरुवाती अग्रता
-
मध्यरातको बजेट भाषण: सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
-
स्रोतको दबाबले बजेटमा खुल्न सकेनन् प्रदेश, चालु खर्च घटाएर विकासमैत्री बन्ने प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण