आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

गजल : इज्जत र प्रतिष्ठा हजारमा भेटियो

बुधबार, ११ असार २०८२, १७ : २१
बुधबार, ११ असार २०८२
  • बस्नेत काजी भारद्वाज

इज्जत र प्रतिष्ठा हजारमा भेटियो,
चरित्र बेच्दाबेच्दै बजारमा भेटियो ।

देशमा केही गर्छु भन्ने देशमा छैन,
मर्दै छ खाडी र कतारमा भेटियो ।

कपट, माफिया र भ्रष्टका दिन छन्,
इमानदारको घाँटी तरबारमा भेटियो ।

दिनहुँ हुँदै छ हत्या, बलात्कार र अपहरण
आम्मै ! हेर्नुस् त अपराधी सरकारमा भेटियो ।

सर्वहाराका लागि थिए रे  ! लडाइँ र युद्ध
देख्नु भो? सर्वहारानेता दरबारमा भेटियो ।
(नारायण नगरपालिका, दैलेख)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप