राजनीति
बिन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा
बुधबार, ११ असार २०८२, १८ : ०८
सारांश
- नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ।
- बुधबार बसेको एमाले सचिवालय बैठकले पाण्डे र तिम्सिनाको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।
- उपमहासचिव प्रदीप ज्ञवालीले बैठकको निर्णयबारे जानकारी दिएका छन्।
काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ । बुधबार बसेको एमाले सचिवालय बैठकले पाण्डे र तिम्सिनाको निलम्बन फुकुवा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
गत पुस १० गते बसेको एमाले सचिवालय बैठकले ६ महिनाका लागि जिम्मेवारी खोसेको थियो । पार्टी भवन निर्माणका सवालमा दिएको अभिव्यक्तिलाई लिएर एमालेले तिम्सिना र पाण्डेको जिम्मेवारी खोसिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण