इरान इजरायल तनाव
इरानमा मृतकको सङ्ख्या ६ सय २७ पुग्यो, हजारौँ घाइते
बिहीबार, १२ असार २०८२, ०१ : ३७
सारांश
- इजरायली हवाई आक्रमणबाट इरानमा १२ दिन चलेको युद्धमा ६२७ जनाको मृत्यु भएको छ।
- हमलामा ४ हजार ८ सय ७० जना घाइते भए, राजधानी तेहरान र केरमानशाहमा धेरै क्षति भयो।
- इरान सरकारले दैनिक मृतक विवरण सार्वजनिक नगर्दा वास्तविक मानवीय क्षतिको आकलन गर्न कठिन छ।
काठमाडौँ । इजरायली हवाई आक्रमणका कारण इरानमा १२ दिन चलेको युद्धको क्रममा ६ सय २७ जनाको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारी सञ्चार संस्था आईआरआईबीका अनुसार, हमलामा ४ हजार ८ सय ७० जना घाइते भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै क्षति राजधानी तेहरान र पश्चिमी प्रान्त केरमानशाहमा भएको छ। अधिकांश मृतकहरू घटनास्थलमै ज्यान गुमाएका हुन् ।
इरान सरकारले दिनहुँको मृतक विवरण सार्वजनिक नगरेकाले र देशभित्र रिपोर्टिङमा कडाइ गरिएकाले युद्धको वास्तविक मानवीय क्षतिको आकलन गर्न कठिन भइरहेको बीबीसीले जनाएको छ ।
मानवअधिकार समूहहरूले भने वास्तविक मृतक सङ्ख्या अझ धेरै हुन सक्ने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण