ललितपुरको गाइफर्ममा १८ वर्षीया युवती मृत फेला
बिहीबार, १२ असार २०८२, १० : ३५
सारांश
- ललितपुरको गोदावरी नगरपालिकामा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन्।
- मृतक १८ वर्षीया सुशिला बम्जन श्रीमानसँगै गाइफर्ममा काम गर्दै आएकी थिइन्।
- घटनाबारे अनुसन्धान भइरहेको छ, र मृतकले चार महिनाअघि विवाह गरेकी थिइन्।
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–९ स्थित छम्पीमा सञ्चालित गाइफर्मममा एक जना युवती मृत भेटिएकी छन् ।
मकवानपुरगढी गाउँपालिका–१ घर भएकी १८ वर्षीया सुशिला बम्जन बिहीबार बिहान झुन्डिएको अवस्थामा भेटिएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए । उनी आफ्ना श्रीमान् २० वर्षीय पाल्साङ बम्जनसँग ११ दिनअघिदेखि गाइफर्ममा काम गर्न थालेकी थिइन् ।
गाइफर्म बलराम रोका मगरले सञ्चालन गरेका हुन् । मृतक र पाल्साङले चार महिनाअघि विवाह गरेको परिवारका सदस्यहरूले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको एसएसपी अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण