इजरायलसँगको युद्धविराम सम्झौताबारे के भन्छ हमास ?
बिहीबार, १२ असार २०८२, १२ : १९
सारांश
- मध्यस्थकर्ताहरूले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको लागि नयाँ सम्झौता गर्न प्रयासहरू तीव्र पारेका छन्।
- इजरायल र हमासबीचको वार्ता अझै भई नसकेको हमासका एकजना वरिष्ठ अधिकारीले बताएका छन्।
- इजरायली आक्रमणमा ४५ प्यालेस्टिनी र मंगलबारको बम आक्रमणमा इजरायली सेनाका सात सैनिक मारिएका छन्।
गाजापट्टी । मध्यस्थकर्ताहरूले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको लागि नयाँ सम्झौता गर्न प्रयासहरू तीव्र पारेको बताएका छन् । तर इजरायलसँग वार्ता अझै नभएकाे हमासका एकजना वरिष्ठ अधिकारीले बीबीसीलाई बताए ।
इरान र इजरायल युद्धविराममा सहमत भएदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठुलो प्रगति भइरहेको बताइरहेको समयमा यो बयान आएको हो ।
इजरायल र हमास सम्झौताको धेरै नजिक रहेको विश्वास मध्य पूर्वका लागि उनका विशेष दूत स्टीव विटकफ गर्छन् । यसैबीच, हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले बुधबार इजरायली आक्रमणमा ४५ प्यालेस्टिनीहरू मारिएको बताएको छ ।
उता, मंगलबार भएको बम आक्रमणमा आफ्ना सात सैनिक मारिएको इजरायली सेनाले बताएको छ । यस आक्रमणको जिम्मेवारी हमासले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण