५० वर्षपछि फेरि पर्दामा प्रदर्शन हुँदै ‘शोले’
बिहीबार, १२ असार २०८२, २२ : १९
सारांश
- भारतको चर्चित हिन्दी चलचित्र 'शोले' ५० वर्षपछि फेरि फिल्मी पर्दामा फर्किँदैछ।
- इटलीको बोलोनी शहरमा हुने फिल्म महोत्सवमा चलचित्रको विश्व प्रिमियर हुने भएको छ।
- 'शोले' को अनकट संस्करणमा सेन्सरले हटाएका दृश्यहरू र मूल अन्त्य समावेश गरिनेछ।
काठमाडौँ । भारतको चर्चित हिन्दी चलचित्र ‘शोले’ लगभग ५० वर्षपछि फेरि फिल्मी पर्दामा फर्किँदैछ।
शुक्रबार इटलीको बोलोनी शहरमा आयोजना हुने ‘इल सिनेमा रित्रोवातो’ नामक फिल्म महोत्सवमा चलचित्र विश्व प्रिमियर हुने भएकाे हाे । प्रिमियरमा चलचित्रको अनकट संस्करण देखाइनेछ, जसमा पहिला सेन्सरले हटाएका दृश्यहरू र मूल अन्त्य समावेश गरिएको छ।
सन् १९७५ मा निर्देशक रमेश सिप्पीले बनाएको यो फिल्म अहिले पनि भारतको सबैभन्दा लोकप्रिय चलचित्रमध्ये एक मानिन्छ।
चलचित्रको यो विशेष स्क्रिनिङ पियाज़्जा मत्जोरेमा हुँदैछ जुन युरोपकै सबैभन्दा ठूला स्क्रिनहरूमध्ये एक भएको बीबीसी हिन्दीले जनाएको छ।
फिल्म प्रेमीहरूका लागि यो क्षण निकै ऐतिहासिक र रोमाञ्चक हुने बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण