अफ्रिका
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा ट्रान्सफर्मर विस्फोटपछि भागदौड, २९ बालबालिकाको मृत्यु
शुक्रबार, १३ असार २०८२, ०४ : २६
सारांश
- सेन्ट्रल अफ्रिकन रिपब्लिकको बाङ्गुईमा विद्युत् ट्रान्सफर्मर विस्फोटपछि भागदौड मच्चिँदा २९ बालबालिकाको मृत्यु भयो।
- विस्फोटको आवाजले परीक्षा दिइरहेका विद्यार्थी आतङ्कित भएपछि दर्जनौं बालबालिकाको मृत्यु भएको हो।
- राष्ट्रपतिले दुःख व्यक्त गर्दै राष्ट्रिय शोकको घोषणा गरेर घाइते बालबालिकाको निःशुल्क उपचारको व्यवस्था गर्ने बताए।
काठमाडौँ । सेन्ट्रल अफ्रिकन रिपब्लिकको बाङ्गुईमा एक विद्युत् ट्रान्सफर्मर विस्फोटपछि बिहीबार भएको भागदौडमा परेर २९ बालबालिकाको मृत्यु भएको छ।
बाङ्गुई सामुदायिक अस्पतालका एबेल अस्सेले बीबीसीलाई दिएको जानकारी अनुसार विस्फोटको आवाज र धुवाँको कारण स्नातक परीक्षा दिइरहेका करिब ६ हजार विद्यार्थी आतङ्कित भए। त्यसपछि भागदौड मच्चिँदा दर्जनौं बालबालिका दबिएर ज्यान गुमाए।
घटनामा २८० भन्दा बढी बालबालिका घाइते भएका छन्। राष्ट्रपति फस्टिन-अर्चेञ्ज टौडेराले यस घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय शोकको घोषणा गरेका छन्। साथै, घाइते बालबालिकाको निःशुल्क उपचारको व्यवस्था गर्ने बताएका छन्।
यो घटना राजधानीका पाँच विद्यालयका विद्यार्थीहरू लिसी बार्थेलेमी बोगांडा स्कुलमा स्नातक परीक्षा दिन जम्मा भएको समयमा भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण