गण्डकीको बजेट आज पारित हुने, पक्षमा समर्थन गर्न सत्तारुढलाई ह्वीप
सारांश
- गण्डकी प्रदेशको विनियोजन विधेयक (बजेट) आज पारित हुँदैछ, सत्तापक्षीय सांसदहरूको आलोचना र प्रतिपक्षीको विरोधका बीच।
- सांसदहरूले मन्त्रालयगत बजेटमा उठाएका प्रश्नहरूको जवाफ मन्त्रीहरूले दिन थालेका छन्, जसमा मुख्यमन्त्रीले पनि जवाफ दिनेछन्।
- बजेट निर्माणमा कर्मचारी हावी भएको र तोकिएको सिलिङ अनुसार बजेट वितरण नभएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका छन्।
पोखरा । सत्तापक्षीय सांसदहरूकै निरन्तर आलोचना र प्रतिपक्षीको विरोधबिच गण्डकीको विनियोजन विधेयक (बजेट) आज पारित हुँदैछ । ३ दिनसम्म सांसदहरूले मन्त्रालयगत बजेटमा दफावार छलफल गरे । उनीहरुले उठाएका प्रश्न र जिज्ञासामा बिहीबारदेखि मन्त्रीहरूले जवाफ दिन थालेका छन् ।
बिहीबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठ, सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा, अर्थमन्त्री डा टकराज गुरुङ, वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेल र उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले जवाफ दिएका छन् ।
मुख्यमन्त्री सहित बाँकी ४ मन्त्रीले आज जवाफ दिने कार्यसूची छ । मुख्यमन्त्रीले जवाफ दिएपछि बजेट पारितका लागि निर्णयार्थ पेस हुनेछ । गण्डकीमा सत्तारुढ सांसदहरू दुई तिहाइ भन्दा बढी छन् । सत्ता साझेदार काँग्रेस र एमालेले बजेटको समर्थन गर्न र अनिवार्य उपस्थित हुन ह्वीप जारी गरिसकेका छन् ।
मन्त्रीहरूले जवाफ दिनुअघि कांग्रेस संसदीय दलको बैठक बुधबार साँझ बसेको थियो । बैठकमा सांसदहरूले बजेट निर्माणका क्रममा भएका त्रुटीबारे दलका नेता तथा मुख्यमन्त्रीलाई प्रश्न गरेका थिए । खासगरी बजेट निर्माणमा कर्मचारी हाबी भएको र तोकिएको सिलिङ अनुसार बजेट वितरण नभएकोमा सांसदहरूको आक्रोश छ ।
मुख्यमन्त्री पाण्डेले दलीय समीकरण, बजेटको सीमितता लगायत कारणले सोचे अनुरूप बजेट नआएको बताएका थिए । उनको जवाफपछि बजेटको पक्षमा समर्थन गर्ने निर्णय गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण