पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, ९ जना बेपत्ता
सारांश
- पाकिस्तानको स्वात जिल्लामा आएको बाढीले दुई परिवारलाई बगाउँदा ६ जनाको मृत्यु भएको छ र ९ जना बेपत्ता छन्।
- बाढी शुक्रबार बिहान बाबुजई तहसीलस्थित बाइपास सडक नजिकै आएको थियो, जसमा १८ जना फसेका थिए।
- उद्धार कार्य जारी छ र अधिकारीहरूले नागरिकहरूलाई नदी तथा खोलाको नजिक नजान आग्रह गरेका छन्।
इस्लामावाद । पाकिस्तानको उत्तर पश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको अचानक बाढीले दुई परिवारलाई बगाउँदा कम्तीमा ६ जनाको ज्यान गएको ६ भने नौ जना अझै बेपत्ता रहेका छन् । उक्त घटना शुक्रबार बिहान भएको हो, स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
घटना स्वातको बाबुजई तहसीलस्थित बाइपास सडक नजिकै रहेको जी क़ुर्बान रेष्टुराँ छेउमा बिहान करिब साढे आठ बजे भएको हो । डस्का र मर्दान जिल्लाबाट आएका दुई परिवारका सदस्यहरू मनोरञ्जनको लागि स्वात नदीमा पसेका थिए । सोही समयमा माथिल्लो भेगमा परेको भारी वर्षाका कारण नदीमा आएको अचानक बाढीले उनीहरूलाई बगाएको बताइएको छ ।
स्वातका प्रमुख जिल्ला अधिकारी शहजाद महबूबका अनुसार, ‘पानीको सतह अचानक बढेपछि जम्मा अठार जना मानिसहरू बाढीको प्रवाहमा परेका थिए ।’
घटना लगत्तै उद्धार टोली, स्थानीय स्वयंसेवकहरू र सुरक्षा निकायको सहकार्यमा खोज तथा उद्धार कार्य प्रारम्भ गरिएको थियो । प्रारम्भिक प्रयासमा तीन जनालाई जीवितै उद्धार गरिएको छ भने छ जनाको शव फेला परेको छ ।
नौ जना अझै बेपत्ता रहेका कारण मालाकन्ड जिल्लासम्म फैलाइएको ठुलो खोज अभियान जारी रहेको अधिकारीहरूले जनाएका छन् । जिल्ला प्रशासनका वरिष्ठ पदाधिकारीहरू स्वयं उपस्थित भई उद्धार कार्यको निगरानी गरिरहेका छन् ।
डिप्टी कमिश्नर महबूबले भने, ‘नागरिकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो । अहिलेको अवस्थामा मौसम अनिश्चित भएकाले नदी तथा खोला नजिक नजान सबैमा आग्रह गरिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण