असारको तेस्रो साताभित्रै भुक्तानी माग गर्न अनुरोध
सारांश
- पूर्वाधार विकास कार्यालय वीरगञ्जले आर्थिक वर्षको अन्त्य हुनुभन्दा एक साताअघिसम्म भुक्तानी गर्ने जनाएको छ।
- कार्यालय प्रमुखका अनुसार, असारमा भुक्तानीको चाप बढ्ने भएकाले समयमै कागजात पेश गर्नुपर्नेछ।
- भुक्तानीका लागि आवश्यक कागजातहरू असार १८ गतेसम्म पेश गर्नुपर्ने र ढिला भए कार्यालय जिम्मेवार नहुने कुरा जनाइएको छ।
पर्सा । पूर्वाधार विकास कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१–८२ मा सम्झौता भएका योजनाहरूको भुक्तानी चालु आर्थिक वर्ष सम्पन्न हुनुभन्दा एक साताअघिसम्म मात्र भुक्तानी हुने जनाएको छ ।
कार्यालयले आव २०८१–८२ मा सम्झौता भएका योजनाहरूको भुक्तानीको लागि आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम, ३० (७) र (८) बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा सात दिन अगाडीसम्म मात्र भुक्तानी हुने बताएको छ ।
पूर्वाधार विकास कार्यालय वीरगञ्जका कार्यालय प्रमुख लालबाबु रायले असार महिनामा भुक्तानी कार्यमा अत्यधिक चाप हुने र आइपिएफएम प्रणालीमा पनि सोहीअनुरूप चाप पर्ने भएकाले यस कार्यालयमा सम्झौता भएका योजनाहरूको भुक्तानीको लागि आवश्यक कागजातहरू तोकिएको समयभित्रै पेस गर्नका लागि अनुरोध गरे ।
“भुक्तानीका लागि आवश्यक पर्ने निवेदन, बिल भर्पाइ, अनुसूची फारमहरू, मूल्याङ्कन बिलसहित यस कार्यालयमा २०८२ साल असार १८ गतेसम्म आवश्यक कागजातसहित निवेदन दिनुहुन अनुरोध छ”, प्रमुख रायले भने, “तोकिएको समयभित्र दर्ता हुन नआएमा कार्यालय जवाफदेही नहुने र सोको भुक्तानी छुट भए सोको जवाफदेहिता सम्बन्धित उपभोक्ता समितिहरू, निर्माण व्यवसायीहरू र सरोकारवालाहरू स्वयं नै रहन सूचना सरोकारवालालाई जानकारी गराइन्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण