पोखराको एउटै स्कुलबाट ११ जनाको ४ जीपीए
सारांश
- पोखराको मदरल्याण्ड विद्यालयका ११ विद्यार्थीले एसईई परीक्षामा ४ जीपीए ल्याए।
- कक्षा ८ मा पनि ४ जीपीए ल्याएका ८ विद्यार्थीले यस वर्ष पनि उत्कृष्ट नतिजा दिए।
- विद्यालयका १६६ जना परीक्षार्थीमध्ये १३६ जनाले ३.६ देखि ४.० जीपीए प्राप्त गरे।
पोखरा । पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट नतिजा निकालेको छ । मदरल्याण्डका ११ जना विद्यार्थीले ४ जीपीए ल्याउन सफल भएका हुन् ।
अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या पराजुली, अर्पण पौडेल, विशेष बन्जारा, रीतिका यादव, ओशन त्रिपाठी, साक्षी भण्डारी, सभ्य मल्ल र शास्वत रेग्मीले सर्वोत्कृष्ट नतिजा पाएका हुन् । यीमध्ये ८ जनाले कक्षा ८ मा पनि ४ जीपीए ल्याएका थिए ।
गत वर्ष १० जना विद्यार्थीले ४ जीपीए ल्याएका थिए । यहाँका कुल १६६ जना परीक्षार्थी सहभागी रहेकोमा १ सय ३६ जनाले ३.६ देखि ४.० जीपीएसम्म प्राप्त गरेका छन् ।
३.२ देखि ३.६ जीपीएसम्म २८ जना छन् भने एक जना विद्यार्थीले ३.०५ जीपीए ल्याएका प्राचार्य डा नारायण बरालले बताए । उनका अनुसार यसपटक ३.९६ जिपिए ल्याउने मात्रै १८ जना विद्यार्थी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण