वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङ, भारतले इंग्ल्याण्डलाई ६ विकेटले हरायो
सारांश
- भारतको यू-१९ टोलीले इंग्ल्याण्डविरुद्धको पहिलो युथ एकदिवसीय खेलमा ६ विकेटको जित हासिल गर्यो।
- वैभव सूर्यवंशीले १९ बलमा ४८ रन बनाउँदा भारतले खेल २६ ओभर अगावै जित्यो।
- इंग्ल्याण्डले १७४ रन बनाएको खेलमा भारतका लागि अभिज्ञान कुण्डुले अविजित ४५ रन बनाए।
होभ । भारतको यू-१९ टोलीले इंग्ल्याण्डविरुद्धको पहिलो युथ एकदिवसीय खेलमा ६ विकेटको सानदार जित हात पारेको छ। होभमा सम्पन्न खेलमा भारतका १४ वर्षे सनसनी वैभव सूर्यवंशीले १९ बलमा ४८ रनको विस्फोटक पारी खेलेपछि भारतले खेल २६ ओभर बाँकी छँदै जित्यो।
आईपीएलमा यसै वर्ष राजस्थान रोयल्सका लागि ३८ बलमा १०१ रनको अविश्वसनीय शतक प्रहार गरी टी-२० क्रिकेटमा सबैभन्दा कान्छो शतक बनाउने खेलाडी बनेका सूर्यवंशीले यो खेलमार्फत प्रतिस्पर्धात्मक क्रिकेटमा झनै चर्चा कमाए। कप्तान अयुष म्हात्रेसँग उनले ७.३ ओभरमै ७१ रनको साझेदारी गर्दै इंग्ल्याण्डलाई दबाबमा पारे।
यो खेलमा सूर्यवंशी मुख्य आकर्षण बने। उनले पाँच छक्का र तीन चौका प्रहार गरे। उनले ज्याक होमको पहिलो ओभरमै २१ रन प्रहार गरेका थिए। यद्यपि स्लो लेफ्ट-आर्मर राल्फी अल्बर्टले बलिङ गर्नासाथ उनी प्वाइन्टमा क्याच आउट भए।
त्यसपछि भारतले केही विकेट गुमाए पनि विकेटकिपर अभिज्ञान कुण्डुले अविजित ४५ रन बनाएर टोलीलाई जितसम्म पुर्याए।
यसअघि, इंग्ल्याण्डले ४२.२ ओभरमा जम्मा १७४ रनमै सबै विकेट गुमाएको थियो। इंग्ल्याण्डका लागि रोक्की फ्लिन्टफले ५६ रन र इसाक मोहम्मदले ४२ रन बनाए। भारतका लागि कनिश्क चौहानले ३ तथा हेनिल पटेल, आरएस अम्ब्रिस र मोहमद इसानले २-२ विकेट लिए ।
यस अघिका अभ्यास खेलमा पनि भारतले यङ लायन्स इनभिटेसनल इलेवनलाई २३१ रनले पराजित गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण