गृहमन्त्रीलाई राप्रपाको चेतावनी- ‘धेरै फुर्ती नदेखाउनुहोस्’
सारांश
- राप्रपा सांसद रोशन कार्कीले गृहमन्त्रीलाई सोझो ठाने पनि बाठो पाएको बताइन्।
- उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले छानबिन समिति बनाएर फुत्कन खोजेको आरोप लगाइन्।
- कार्कीले गृहमन्त्रीलाई धेरै फुर्ती नलगाउन र जनतालाई जवाफ दिन चेतावनी दिइन्।
काठमाडौँ । राप्रपा सांसद रोशन कार्कीले आफूले गृहमन्त्रीलाई निकै सोझो ठानेको तर निकै बाठो पाएको बताएकी छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कार्कीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले आफूलाई फुत्कन सजिलो हुने छानबिन समिति बनाएको बताएकी हुन् ।
दूधको साक्षी बिरालो जस्तो समिति बनाइएको उनको भनाई थियो । उनले भनिन्, ‘मैले गृहमन्त्रीलाई सोझो ठानेको थिएँ, उहाँ त चम्बु बाठो हुनुहुँदो रहेछ । उहाँले यस्तो समिति बनाउनुभयो कि त्यो समितिबाट उहाँलाई फुत्किन धेरै सजिलो भयो र कमाइलाई पनि बचाउन धेरै सजिलो भयो ।’
सांसद कार्कीले एक दिन सबैले सरकार छाड्नुपर्ने बताउँदै अहिले धेरै फुर्ती नदेखाउन गृहमन्त्रीलाई चेतावनी पनि दिइन् । उनले भनिन्, ‘धेरै फुर्ती नदेखाउनुहोस् ! एक दिन तपाईं पल्लो छेउबाट वल्लो छेउ आउनुहुन्छ त्यतिबेला नेपाली जनतालाई के जवाफ दिनुहुन्छ ? भिजिट भिसाको नाममा दैनिक ५० लाख रुपैयाँदेखि १ करोडसम्म असुली गर्नुभएको छ । नेपाली जनतालाई बेच्नुभएको छ । यसरी बेच्न पाइन्छ ? के यो नैतिकताले दिन्छ ?’
मानव तस्करीको नाममा निमुखा नेपाली जनताहरूलाई किन लुटिँदैछ भनेर गृहमन्त्रीलाई उनले प्रश्न गरिन् । ‘बीपी कोइरालाले भन्नुभएको थियो, जो कार्यकर्ताहरू नेताहरूको ज्यादती सहेर बस्छन् कि त ती चरम अवसरवादी हुन्, कि त दास हुन् ? म सोध्न चाहन्छु, तपाईंहरु कुन वर्गमा पर्नुहुन्छ ?,’ कार्कीले प्रश्न गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण