भुसमा छोपेर लैजाँदै गरिएको २ क्विन्टल बढी गाँजासहित ४ जना पक्राउ
सारांश
- बारा प्रहरीले पिकअप भ्यानमा लुकाएर लैजाँदै गरेको २ क्विन्टलभन्दा बढी गाँजासहित ४ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा मकवानपुर, धादिङ र हेटौँडाका व्यक्तिहरू छन्, जसलाई वीरगञ्ज-बारा सीमाबाट पक्राउ गरिएको हो।
- प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
बारा । बारा प्रहरीले भुसमा छोपेर लैजाँदै गरेको पिक अप भ्यानबाट ठुलो परिमाणमा लागुऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । शनिबार वीरगन्ज र बाराको सिमानामा रहेको गण्डक चोकबाट प्रहरीले २ क्विन्टल भन्दा बढी गाँजासहित चार जनालाई पक्राउ गरेको हो ।
गाँजासहित पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका वडा नम्बर–४ निवासी रवि कार्की, वडा नम्बर १२ निवासी वीरबहादुर मोक्तान तथा हेटौँडा १४ निवासी साजन मोक्तान र धादिङ खाक्रे गाउँपालिका निवासी महेश तामाङ रहेका छन् ।
प्रहरीको विशेष टोलीले बागमती प्रदेश ३–०१–२४ च ४६३० नम्बरको पिकअपबाट २ क्विन्टल १२ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डित बताए ।
उनका अनुसार गाँजा तस्करी भइरहेको भन्ने सूचना बमोजिम प्रहरीले जाँच गर्दा उक्त गाँजा फेला परेको हो । प्रहरीले गाँजासहित पिक अप र बागमती प्रदेशको २–०२७ प २७०० नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
बरामद गाँजा, पिक अप, मोटरसाइकलसहित पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयमा बाराको हिरासतमा राखिएको उनले बताए । उनीहरूमाथि लागु औषध सम्बन्धीको मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण