सुनचाँदी र खाद्यान्नमा लगाइएको कर प्रणाली पुनरावलोकन गर्न सांसद पुनको माग
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सुनचाँदीका गरगहना र खाद्यान्नमा लगाइएको कर प्रणाली अनुचित भएको भन्दै पुनरावलोकन गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै सांसद पुनले यस्तो माग गरेका हुन् ।
उनले सुनचाँदी, हिरा–मोतीजस्ता गरगहनामा लगाइएको २ प्रतिशत विलासिता शुल्क विक्रीका विभिन्न तहमा पुगेपछि उपभोक्ताले २० प्रतिशत कर तिर्नुपर्ने अवस्था आउने उल्लेख गरे । सुन विलासी वस्तु नभएको कारण गत आर्थिक वर्षको बजेटमा समावेश गरिएको १० लाखसम्मको सुनचाँदीलाई विलासिता कर छुट दिने नीति सरकारले अवलम्बन गर्नुपर्ने बताए ।
पुनले खाद्यान्न र गेडागुडीमा आयात गर्दा पूर्वकर १० प्रतिशत हटाइएकोप्रति असन्तुष्टि जनाउँदै उनले त्यसले घरेलु उत्पादनलाई क्षति पुग्ने र विदेशी फलफूल सस्तो हुने अवस्था आएको बताए ।
उनले पुनले भने, ‘सुनचाँदीका गरगहना, हीरा मोतीका पत्थर या यस्तै वस्तु जडित गरगहना विक्री गर्दा दुई प्रतिशतको जुन २ प्रतिशत विलासिता शुल्क लगाउने कुरा छ । त्यसमा विभिन्न तहमा विक्री हुँदै गर्दा विलासी शुल्क कर र मुनाफा समेत राख्दा २० प्रतिशत हुन जाने अवस्था छ । मिल्दो छैन । गत आर्थिक वर्षको बजेटमा १० लाख सम्मको सुनचाँदीमा विलासिता होइन । त्योभन्दा माथि यदि कसैले कारोबार गर्छ भने त्यसमा नलगाउने त्योभन्दा माथि कसैले सञ्चय गर्न खोज्यो भने त्यसमा विलासिता शुल्क लगाउनुपर्छ भन्ने थियो त्यसमा विलासिता शुल्क लगाउनुपर्छ ।’
उनले भने- ‘त्यसैगरी खाद्यान्न, गेडागुडी लगायतका उत्पादनमा आयात अग्रिम कर १० प्रतिशत थियो । अहिले त्यो वेभ गरिएको छ । त्यसले हाम्रो उत्पादन संरक्षण हुने भएन, विदेशी फलफूलहरू सस्तो हुने भयो । यो बेठिक छ । यसमा करेक्सन गरिनुपर्छ ।’
सरकारले एउटा उद्योगलाई माथि उकास्ने नाउमा अन्य २५ उद्योगहरू बन्द गर्ने खालको नीति लिएको आरोप लगाए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण