काठमाडौँसहित विभिन्न स्थानमा ११ जना मृत फेला
शनिबार, १४ असार २०८२, १८ : २४
काठमाडौँ । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा १२ जना मृत अवस्थामा फेला परेका छन् ।
- काठमाडौं महानगरपालिका-२४ मखन गल्लीस्थित पुरानो भत्किएको छाप्रोमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- गोरखा, भिमसेनथापा गाउँपालिका-४ धावा बस्ने ६६ वर्षीय धन बहादुर सार्की सोही गाउँपालिका-४ जोगीगाडे भिरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- यसैगरी गोरखा, गण्डकी गाउँपालिका-८ बर्खेघाटस्थित त्रिशूली नदीको किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ८ वर्षीय बालक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- सुनसरी, इटहरी उपमहानगरपालिका-१८ जोतपुर बस्ने २५ वर्षीय आता हुसेन सोही ठाउँस्थित खेतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- रूपन्देही, ओमसतिया गाउँपालिका-४ पर्सौनी बसन्तपुरस्थित सडक छेउको खेतमा जमेको पानीमा रोहिणी गाउँपालिका-३ बैकुण्ठपुर बस्ने सिद्धार्थनगर नगरपालिका-१० घर भएका ७० वर्षीय तेज बहादुर जिसी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- यसैगरी रूपन्देही, ओमसतिया गाउँपालिका-३ करूवानीस्थित हाटबजार लाग्ने टिनको टहरामा सोही गाउँपालिका-१ ठुटिपिपल बस्ने ८५ वर्षीय रामलखन चाई मल्लाह शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- सिराहा, अर्नमा गाउँपालिका-१ बुढियाचाप बस्ने ३५ वर्षीय अजय कुमार महरा सोही ठाउँस्थित आँपको रूखमुनि शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- मोरङ, धनपालथान गाउँपालिका-५ बबिया बस्ने अक्षय सरदारकी छोरी ५ वर्षीया बच्ची आत्तिका सरदार सोही ठाउँस्थित विद्यालय नजिकैको बाटो छेउमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- चितवन, कालिका नगरपालिका-८ भोर्लाघारी बस्ने ५७ वर्षीय बुद्ध राम चेपाङ सोही ठाउँस्थित बारीको डिलमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१ बस्ने ३८ वर्षीय लोक बहादुर खत्री सोही नगरपालिका-२ स्थित चेतना जनजागृति सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- बैतडी, पाटन नगरपालिका-६ चुच्चाई मोडको सल्लाघारीको वनमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण