एकै दिन टोखाको दुई ठाउँमा चोरी
शनिबार, १४ असार २०८२, १८ : २७
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा शुक्रबार एकै दिन दुई स्थानमा चोरी भएको छ ।
टोखा नगरपालिका-११ डेरा गरी बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-४ घर भएका २७ वर्षीय प्रदीप खत्रीको कोठाबाट सुन तथा चाँदीका गरगहना गरी करिब ३ लाख १८ हजार ५ सय रुपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
यसैगरी टोखा नगरपालिका-८ बानियाँटार गैरीगाउँ बस्ने ४५ वर्षीय सुरज लामाको घरबाट सुनका गहना र नगद गरी करिब १ लाख ७१ हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
-
सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण
-
सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण