सीके राउतले भने, ‘बजेटमा असन्तुष्टि छ, तर तत्काल सरकार छाड्दैनौँ’
सारांश
- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेस सरकारको नेतृत्व तत्काल नछोड्ने बताए।
- बजेटप्रति असन्तुष्टि जनाउँदै उनले कृषक हितका योजना बजेटबाट हटेको बताए।
- संघीय लोकतान्त्रिक मोर्चा संविधान संशोधनको एजेन्डामा केन्द्रित रहेको उनको भनाइ छ।
सप्तरी । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेस सरकारको नेतृत्व तत्काल नछोड्ने बताएका छन् । बजेटप्रति असन्तुष्टि रहे पनि तत्कालै मधेस प्रदेश सरकार भने अहिले नछाड्ने उनको प्रस्टोक्ति छ ।
शनिबार सप्तरीको बलान बिहुल गाउँपालिकामा कृषि विद्युतीकरण योजना कार्यान्वयनको लागि पुगेका राउतले पत्रकारहरूसँग कुराकानीमा उनले भने, ‘पार्टीले कृषकको हितमा दीर्घकालीन योजनाहरू राखेको थियो, तर ती योजनाहरू बजेटबाट हटाइयो ।’
‘जनमत पार्टी जनताको पक्षमा उभिने पार्टी हो। कृषकसहित जनताको भलाइ हुने दीर्घकालीन योजना ल्याएका थियौँ,’ उनले थपे, ‘तर तीमध्ये धेरैजसो योजनाहरू बजेटबाट हटाइयो , जुन कारण हामी असन्तुष्ट भएका हौँ। तर यही कारण अहिल्यै सरकारबाट बाहिरिने कुरा भने हुँदैन, छाड्ने निर्णय पनि गरेका छैनौँ।’
सङ्घीय लोकतान्त्रिक मोर्चाबारे बोल्दै अध्यक्ष राउतले उक्त गठबन्धन संविधान संशोधनको एजेन्डामा केन्द्रित ‘लुज एलायन्स’ मात्रै भएको टिप्पणी गरे । ‘कोही दल सरकारमा जाने कि नजाने, समर्थन दिने कि फिर्ता लिने भन्ने विषय मोर्चामा औपचारिक रूपमा छलफल भएको छैन,’ उनले भने, ‘मोर्चाको मूल उद्देश्य संविधान संशोधनकै लागि दबाब सिर्जना गर्नु हो।’
उनका अनुसार संविधान संशोधनबारे मोर्चाभित्र लगातार छलफल भइरहेका छन्। ‘यसै विषयमा भोलि पनि मोर्चाको बैठक बस्दैछ,’ राउतले भने, ‘थप छलफलपछि साझा रणनीति तय हुन्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण