कास्कीबाट ६५ जनाको ४ जीपीए, अहिलेसम्मकै उत्कृष्ट नतिजा
सारांश
- यस वर्ष कास्कीबाट एसईई परीक्षामा ६५ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन्।
- मदरल्याण्ड सेकेण्डरी स्कुलका ११ जना विद्यार्थीले उत्कृष्ट अंक ल्याए, जुन सबैभन्दा धेरै हो।
- परीक्षामा सामुदायिक विद्यालयका १८ र संस्थागत विद्यालयका ४६ विद्यार्थीले ४ जीपीए ल्याए।
पोखरा । कास्कीबाट यस वर्षको एसईई परीक्षामा ६५ जनाले ४ जीपीए ल्याएका छन् । यहाँका सामुदायिक र निजी विद्यालयहरूले अब्बल प्रदर्शन गरेका हुन् । यहाँका २९ विद्यालयका विद्यार्थीले ४ जीपीए पाएका सार्वजनिक भएको रिजल्टमा उल्लेख छ ।
विवरणअनुसार मदरल्याण्ड सेकेण्डरी स्कुलका सबैभन्दा बढी विद्यार्थीले ४ जीपीए ल्याएका छन् । मदरल्याण्डका मात्रै ११ जनाले यस्तो उत्कृष्ट अंक पाएका हुन् । अघिल्लो साल पनि मदरल्याण्डका १० विद्यार्थीले यस्तै नतिजा ल्याएका थिए ।
यसैगरी, अमरसिंह माविका ५ जनाले ४ जीपीए पाउँदा फिस्टेल एकेडेमी, जनप्रिय मावि, भद्रकाली मावि, शिशु निकेतनका विद्यार्थीले ४ जीपीए पाए । गण्डकी बोर्डिङ, डायमण्ड सेकेण्डरी, बालोदय, कास्की मोडनाइज्ड, भास्कर मेमोरियल, विद्या निकेतन, हिमालयन बोर्डिङ, शान्ति निकेतन र बड्स एकेडेमीका २–२ जनाले उत्कृष्ट नतिजा ल्याए ।
तथा विन्ध्यावासिनी, छोरेपाटन, जनचेतन, गोगन, बाल मन्दिर, ज्योति कुन्ज, प्रतिभा, कुमदिनी, टप्स, सिर्जना, रेन्बो एकेडेमी, स्नो भ्यू, सगरमाथा निकेतन, लाविन रेसिडेन्सियल र अन्नपूर्ण गाउँपालिकाको मर्निङ स्टार माविका पनि एक एक जना विद्यार्थी सर्वोत्कृष्ट ठहरिएका छन् ।
४ जीपीए ल्याउनेमध्ये १८ जना सामुदायिक विद्यालयका छन् भने बाँकी ४६ जना संस्थागत विद्यालयका छन् । कास्कीबाट करिब ८३ प्रतिशत विद्यार्थी ग्रेडेड ९उत्तीर्ण० भएका छन् । गत वर्ष चैतमा सञ्चालित परीक्षाको राष्ट्रिय परीक्षा बोर्डद्वारा शुक्रबार प्रकाशित नतिजामा ८२ दशमलव ५५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका जिल्ला विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले जानकारी दिए ।
यो नतिजा अहिलेसम्मकै उत्कृष्ट हो । यसअघि सबैभन्दा धेरै गत वर्ष ७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण