कैलालीमा माछा मार्ने क्रममा एक युवकको नदीमा डुबेर मृत्यु
आइतबार, १५ असार २०८२, ०७ : २३
सारांश
- कैलालीको पथरैया नदीमा माछा मार्ने क्रममा १८ वर्षीय युवकको डुबेर मृत्यु भयो।
- जोशिपुर गाउँपालिकाका युवक साथीहरूसँग माछा मार्न गएका थिए र गहिरो पानीमा डुबे।
- उनलाई उद्धार गरी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषित गरे, घटनाबारे अनुसन्धान भइरहेको छ।
धनगढी । कैलालीमा माछा मार्ने क्रममा एक युवकको नदीमा डुबेर मृत्यु भएको छ। जोशिपुर गाउँपालिका–४ कटुवापुर निवासी १८ वर्षीय सुमित चौधरी माछा मार्ने क्रममा असार १४ गते साँझ ५ बजे पथरैया नदीमा डुबेका थिए।
स्थानीयवासीका अनुसार उनी घर नजिकै रहेको पथरैया नदीमा साथीहरूसँग माछा मार्न गएका थिए। सोही क्रममा अचानक गहिरो पानीमा फसेर डुबेका चौधरीको केही समयपछि उद्धार गरिएको थियो।
उद्धारपछि उनलाई तत्काल उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लैजाने प्रयास गरिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण